काठमाडौंसहित विभिन्न स्थानमा बिहानैदेखि वर्षा, ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, भदौ ३१ । यतिबेला (सोमबार बिहान) काठमाडौं उपत्यकासहित पूर्वदेखि पश्चिमसम्मै विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले मध्य क्षेत्रका काठमाडौंसहित चितवन तथा आसापासका क्षेत्रमा वर्षा भइरहेको छ भने पूर्वका इलाम, झापा, मोरङलगायत जिल्लामा पनि पानी परिरहेको छ। यस्तै पश्चिमका रूपन्देही, नवलपरासीलगायत जिल्लामा पनि वर्षा भइरहेको उनले जानकारी दिइन्।

‘आज भारी वर्षाको सम्भावना छ,’ मौसमविद् कँडेलले नेपालखबरसँग भनिन्, ‘यो पूर्वदेखि पश्चिमसम्मै जुनसुकै स्थानमा हुन सक्छ।’

उनका अनुसार काठमाडौं उपत्यकामै पनि भारी वर्षाको सम्भावना छ।

मौसमविदका अनुसार २४ घण्टामा ५० मिलिमिटरभन्दा माथि पानी प¥यो भने त्यसलाई भारी वर्षा भनिन्छ।

‘निरन्तर वर्षा भएर २४ घण्टामा ५० मिलिमटिर नाघ्यो भने तथा छोटो अवधिमै ठूलो वर्षा भएर पनि यो मात्रा पूरा भयो भने त्यो भारी वर्षामा गणना गरिन्छ,’ मौसमविद् कँडेलले जानकारी दिँदै भनिन्, ‘आज त्यो सम्भावना छ।’-नेपाल खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।