स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले सम्हालिन् कार्यभार
काठमाण्डौ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले आजदेखि कार्यभार सम्हालेकी छन्। म्याड्रिडस्थित नेपाली दूतावास पुगेर राजदूत शेर्पाले आजदेखि कार्यभार सम्हालेकी हुन्।
राजदूत शेर्पालाई दूतावासका कर्मचारीलगायतले स्वागत गरेका थिए। कार्यभार सम्हाल्दै राजदूत शेर्पाले आफूले नेपाल र स्पेनको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने प्रयास गर्ने प्रतिबद्धता जनाइन्।
दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउदै आपसी हित र सहयोग अभिवृद्धिका लागि पहल गर्ने विश्वास दिलाइन्। हालै सरकारले शेर्पालाई स्पेनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो।


