प्रधानमन्त्री सचिवालयका रिमाल र भट्टराईको रा’जीनामा अ’स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा स्वीकृत गरेका छन् । राजीनामा स्वीकृत भएसँगै उनीहरु पदमुक्त भएका छन् ।

राजीनामा स्वीकृत हुनेमा प्रेश सल्लाहाकार कुन्दन अर्यालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन् ।

अर्यालसहित ६ जनाको राजीनामा भने मंसिर १ गतेबाट लागु हुनेगरी स्वीकृत भएको हो । राजीनामा स्वकिृत भएलगत्तै अर्याल भने शुक्रबारै सिन्धुलीतर्फ हिँडेका छन् ।

प्रधानमन्त्री ओलीले गत साता सचिवालयका सवै ११ सदस्यलाई सामुहिक राजीनामा गर्न लगाएका थिए । तर प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा भने अस्वीकृत भएको छ । यसको अर्थ हो रिमाल र भट्टराई प्रधानमन्त्री ओलीको रोजाइमा परेका छन् । त्यसैले उनीहरुले सचिवालयमा निरन्तरता पाएका छन् ।

आफ्नो स्प्रीट अनुसार काम गर्न नसकेकाले सचिवालयका केही सदस्य र सल्लाहकारको राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । तर सचिवालयका तल्ला तहका सदस्यलाई हटाएर माथिल्लो तहकालाई राख्दैमा प्रधानमन्त्री ओलीको स्प्रीट बढ्ला या नबढ्ला ? त्यो भने हेर्न बाँकी नै छ ।

अर्याल, अधिकारी र मैनालीहरु लाए–अह्राएको मात्रै काम गर्दै आएका थिए । उनीहरुसँग सरकारको सफलता र असफलता जोडिने कुरै हुदैन । आफ्नो सचिवालयसहित मन्त्रिहरुको समेत कार्यसम्पादनको मुल्याङ्कनका आधारमा प्रधानमन्त्री ओलीले आफ्ना सहयोगीहरु परिवर्तन गर्ने नीति लिएका छन् ।

तर सरकारका मन्त्री तथा सत्तारुढ दलका कतिपय नेताहरुले प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीलाई निश्चित घेरामा राख्दा समस्या भएको गुनासो गर्दै आएका छन् ।

तर यो गुनासो विपरित प्रम ओलीले स्थायी समिति सदस्य समेत रहेका रिमाललाई निरन्तरता दिएपछि धेरैले समस्याको जड कायमै राखेर हाँगाविगा काट्दैमा प्रधानमन्त्रीको चाहाना र गति बढ्नेमा शंका व्यक्त गरेका छन् । नेकपाका एक नेता भन्छन्, ‘सचिवालयमा केही पात्र फेरिएपनि प्रवृति नफेरिने देखियो ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।