प्रधानमन्त्री ओलीलाई गगन थापाको सुझाव,- छिटो निर्णय गर्नुहोस्, अलमलमा नराख्नुहोस्

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे कडा टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरिरहेको बेला युवा नेता थापाले मन्त्रिमण्डल पूनर्गठनको हल्लाले कार्यसम्पादनमा असर परेको कुरा उठाएका छन् ।

मंगलबार साँझ आफ्नो फेशबुक पेजमा एक स्टाटस पोष्ट गर्दै थापाले भनेका छन्,”प्रधानमन्त्रीज्यू मन्त्रिमण्डल पुनर्गठन तपाईँको निजी विषय हो। तर मन्त्रीमण्डल चलाउने महिनौंदेखिको हल्लाले ति मन्त्रालयको कार्यसम्पादनमा कस्तो असर परेको होलारुयो जनचासोको विषय हो। त्यसैले,प्रमज्यू जे गर्ने हो छिटो निर्णय गर्नुहोस् नगर्ने भए काम गर्न दिनुहोस् तर अलमलमा नराख्नुहोस । “



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖