उपसभामुखद्वारा राष्ट्रपतिसँग भेट, मन्त्री बन्ने नबन्ने दोधा’रमा !

काठमाण्डौं । मन्त्रिपरिषद्काे पुनर्गठनकाे कसरत भैरहँदा उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गरेपछि उहाँले राष्ट्रपतिसँग भेट गर्नुभएको हो । तर राजीनामा दिने, नदिनेबारे उहाँले प्रस्ट पारिसक्नुभएको छैन । आफूले राजीनामा दिँदा उपसभामुख पद पनि खालि रहने उहाँले बताउनु भएकाे छ । केही समयदेखि उहाँलाई राजीनामा दिन लगाएर मन्त्री बनाउने र नेकपाले अरु कसैलाई सभामुख बनाउने कसरत गरिरहेकाे छ ।

उपसभामुख तुम्बाहाम्फे भने आफूले दुई वर्ष उपसभामुखकाे जिम्मेवारी सम्हालेकाे र पार्टीले जिम्मेवारी दिए सभामुख बन्न तयार रहेकाे बताउँदै आउनु भएकाे छ । उहाँले पार्टीले जसलाई सभामुख बनाए पनि आफूले मान्ने बताउँदै आउनु भएकाे छ ।

स्रोतका अनुसार मन्त्री बन्न तयार भए पनि पाेर्टफाेलियाेका कारण उहाँ दाेधारमा हुनुहुन्छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान उपसभामुख तुम्बाहम्फेसँग भेट गर्नुभएको थियो ।

ब लात्कार का ण्डमा मुछिएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुखमा नयाँ अनुहार ल्याउन नेकपा प्रयासरत छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।