सात तला र एक सय ५० कोठा भएको नेपालकै ठूलो गु फा पर्यटकको प खाईमा

मुस्ताङ : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा रहेको अनौठो गुफा पर्यटकको पर्खाइमा छ। पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको चराङ गुफा ओझेलमा परेको हो। संरक्षण, प्रचार प्रसार र व्यवस्थापनको कमीले गुफामा पर्यटक भित्र्न सकेका छैनन् । हजारौं वर्ष पुरानो गुफा सम्भवत् नेपालकै ठूलो भएको दाबी वडाध्यक्ष टसी ढुण्डी ठकुरीको छ ।

“सात वटा तला र करीब १५० वटा कोठा छन्” वडाध्यक्ष ठकुरीले भन्नुभयो,“पहाड खोपेर बनाएको यो गुफा उपल्लो मुस्ताङको मानव सभ्यतासँग जोडिएको छ ।” गुफा भित्र कुनै समय पूरै गाउँ भएको जस्तो देखिन्छ ।पहाडभित्र तला तला र कोठा–कोठा छन् । छिर्ने र निस्कने एउटै प्रवेशद्वार भए पनि भित्र फरक–फरक कोठा छन् । ती कोठामा सुत्ने, ध्यान बस्ने, गुम्बा, शौचालय, बैठक, घाम ताप्ने ठाउँ छन् ।

अन्न भण्डारण गरेर राख्ने ठाउँ पनि छ । स्थानीय वासीका अनुसार परापूर्वकालमा तिब्बतियन समूहको आ’क्रम’णबाट बच्न स्थानीयवासी गुफामा लुकेर बसेका थिए । गाउँलेले आ’तङ्क’कारी समूहलाई भगाएपछि त्यसको सुरक्षाका लागि चट्टानमा स–साना गुफा बनाइ त्यसैमा लुकेर सुरक्षा दिन थालेका र त्यसको अवशेष अहिलेसम्म पनि भेटिन्छ । गुफाभित्र पुग्दा अर्कै संसारको अनुभूति हुन्छ ।

तिब्बत्सँग सिमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको छोसेरमा पनि यस्तै प्रकृतिको झोङ गुफा छ । लोमान्थाङ, छोसेरको झोङ र चराङको गुफाभित्र अनौठा विभिन्न कलाकृति र सामग्री छन् । झट्ट हेर्दा प्राचीनकालको तारे होटलजस्तो देखिने गुफाको ऐतिहासिक महत्व र सम्भावना रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताउनु भयो ।

चराङ गुफा, दरबार र गुम्बालाई संरक्षण र प्रचार प्रसार गरी पर्यटकीय स्थलको रुपमा विकास गराउन पहल थालिएको उहाँले बताउनु भयो । सोही गाउँपालिकाको मराङमा रहेको गुम्बा नेपालकै पुरानो मानिन्छ । चराङ गुफामा पर्यटक भित्र्याउन स्थानीय वासी र गाउँपालिकाले पूर्वाधार र प्रचारप्रसारमा जोड दिएका छन् । गत वर्ष गाउँ संरक्षण व्यवस्थापन समितिले चराङ गाउँदेखि गुफातर्फ जाने एक सय मिटर भन्दा बढी पदमार्ग बनाएको छ ।

यसवर्ष पनि गुफाको पर्यटन विकासका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनु भयो । बेनी– जोमसोम– कोरला सडकको चराङ खण्डदेखि बीस मिनेट पैदल हिँडेपछि चराङ गुफामा पुग्न सकिन्छ। जोमसोम –कोरला सडकमा दैनिक सयांै गाडीमा पर्यटक आवतजावत गरे पनि चराङ गुफा सुनसान छ ।

संरक्षण व्यवस्थापन समिति चराङका अध्यक्ष माया विष्टले गुफा, गुम्बा र ऐतिहासिक दरबारलाई समेटेर चराङमा पर्यटक भित्र्याउन सकिने बताउनु भयो । सडक विस्तारसँगै ओझेलमा परेको चराङको पर्यटन विकासका लागि प्राकृतिक र ऐतिहासिक सम्पदाको संरक्ष ण तथा प्रचारप्रसारमा जोड दिएको उहाँले बताउनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।