सुगौली सन्धि अनुसार हाम्रो जमिन छो’ड्दैनौ, भारतले घुं’डा टे’क्नै पर्छ, प्र’माण हामीसंग छ (भिडियो)
भूमि विधेयक फेरि ल्याउने सरकारको निर्णय
भूमि विधेयक फेरि ल्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले भूमि विधेयक फेरि ल्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भूमिसम्बन्धी एकीकृत विधेयक ल्याउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको बताए ।.
‘भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिइएको हाे’ – बाँस्काेटा भन्छन् । यसअघि सरकारले गुठीसम्बन्धी छुट्टै विधेयक ल्याएको थियो । सो विधेयक फिर्ता लिइसकेको छ ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले नेपाल भारत पारवहन सन्धि पूनरावलोकन गर्न सह–सचिवस्तरीय बैठकका लागि वार्ता टोली गठन गरिएको बताए ।

उनले भने – ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन भएको छ । यो वार्ता सम्पन्न भइसकेको छ ।’
मंसिर ५ को मन्त्रिपरिषद् बैठकले गरेका निर्णय उनले सार्वजनिक गरेका हुन् । कार्यक्रमको सुरुआतमै मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।
सुगौली सन्धि अनुसार हाम्रो जमिन छो’ड्दैनौ, भारतले घुं’डा टे’क्नै पर्छ, प्र’माण हामीसंग छ (भिडियो)


