नेपालमा २० लाख पर्यटक भित्र्या’उने अमेरिकन पत्रकारकाे ‘फर्मुला’

काठमाडौं । क्रिस्टोफर फाउण्डेशन नेपालले भ्रमण वर्ष–२०२० सफल बनाउनको लागि सहयोग गर्ने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले नेपाल भ्रमण वर्ष–२०२० मा नेपालमा कसरी २० लाख पर्यटक भित्र्याउने भनेर सरकारलाई आफ्नो तर्फबाट थप सहयोग पुर्याउने भएको हो ।

अन्तर्राष्ट्रिय क्षेत्रमा मिडियो रिलेशनसिपमा स्थापित् भएका चर्चित डिजिटल मिडियाका अमेरिकन लेखक तथा पत्रकार क्रिस्टोफर नोयलले नेपालको बारेमा अध्ययन तथा अनुशन्धान गरेर हाँसिल गरेको अनुभव सुनाएका थिए । उनले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिने मेथोडपनि सार्वजनिक गरेका थिए ।

उनले आफ्नो मुख्य काम भनेको नै पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि कलम चलाउने भएको सुनाए । ‘मैले विश्वका धेरै देशमा बसेर पर्यटनसम्बन्धी काम गरेको छु । ईक्वेडरको सरकारसँग त मैले मिलेर काम गरेको छु । आईसल्याण्ड, म्यानमार, अफ्रिकामा बसेर त्यहाँको पर्यटन विकासको लागि काम गरेको छु ।’

उनले आफू नेपाल सन् २०१५ मा पहिलोपटक आएको सुनाए । उनले थपे,‘म नेपालमा पहिलोपटक आउँदा यहाँ भुकम्प गएको थियो । अमेरिका, अष्ट्रेलिया र बेलायतबाट नेपाल आएका धेरै पर्यटकहरुले अन्नपूर्ण, सगरमाथाको बारेमा थाहा छ, तर उनीहरुलाई अरु ठाउँको बारेमा छैन । त्यसैले यीबाहेक नयाँ पर्यटकीय गन्तव्यपनि पहिचान गर्नुपर्छ ।’ उनले मिडियाले पनि पर्यटकहरुलाई नयाँ–नयाँ ठाउँको भ्रमण गर्नको लागि आकर्षण गराउनेगरि फिचर स्टोरीहरु लेख्नुपर्ने सुझाव दिए ।

‘मिडिया भनेको शक्तिशाली स्रोत र साधन हो । यदि मिडियाले बर्दिया जानुहोस, त्यहाँ रमणीय ठाउँ छ भनेर लेख्यो भने पर्यटकहरु त्यहाँ जान्छन् । यदि हामीले काठमाडौंमै बस्नुहोस् भनेर लेख्यौं भने उनीहरु यहीँमात्रै बस्छन् । त्यसैले हाम्रो भूमिका पनि महत्वपूर्ण छ ।’ उनले भने । नेपालमा पनि विभिन्न क्षेत्र र ठाउँबाट पत्रकारहरुले प्रतिनिधित्व गर्ने सुनाउँदै सबैले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुपर्ने उनको धारणा छ ।

नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु भित्र्याउनको लागि पर्यटन क्षेत्रमा आवद्ध संघ, संस्थाहरुले योजना बनाउनुपर्ने र सोही अनुसार अघि बढ्नुपर्ने पनि उनको सुझाव छ । उनले त्यसको लागि फोर ‘ए’ अर्थात् चारवटा ‘ए’ लाई अघि सारेका छन् । जसमध्ये एट्रयाक्शन, एक्सेस, एकोमोडेसन र एडभर्टाईजिङ रहेका छन् ।

उनले नेपालमा धेरै हिमालहरु रहेकोले ती सबैको आकर्षणको बारेमा प्रचारप्रचार गर्नुपर्ने बताए । त्यस्तै, दोस्रो कुरामा उनले एक्सेस अर्थात पहुँच दिनुपर्ने बताए । त्यसमा भने विमानस्थललगायतका सुविधाको कुरा उल्लेख गरे ।

त्यस्तै, उनले अघि सारेको अर्को सूत्रमा एकोमोडेसन रहेको छ । जसमा राम्रो होटललगायतको सुविधा रहेको छ । चार चौथो सूत्रमा रहेको एडभर्टाईजिङ रहेको छ । यसको लागि सशक्त माध्यम भनेको नै मिडिया भएको उनको तर्क छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नसक्ने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।