प्रदेश १ मा भोलि सार्वजनिक बिदा : मुख्यमन्त्री राईद्वारा उधौली पर्वको शुभकामना (भिडियो)
विराटनगर, मंसिर २५ । भोलि अर्थात बिहिबार किरात समुदायको महान पर्व उधौलीको अवसरमा प्रदेश १ सरकारले सार्वजनिक बिदा दिएको छ । बिहिबार उधौली पर्व, धान्यपुर्णिमा एवं योमरीपुन्हि पर्व रहेको छ ।
सार्वजनिक बिदा सम्बन्धी प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी यो पर्वमा बिदा दिने उल्लेख गरेको छ । किरात समुुदायले पूर्वि नेपालमा उधौली पर्व धुमधामका साथ मनाउने गरेका छन् ।
मुख्यमन्त्री राईले उधौली पर्वको शुभकामना व्यक्त गरेका छन – हेर्नुस् भिडियोमा


