पिकनिकका लागि जाँ’दै गरेको मदन भण्डारी कलेजका विद्यार्थी चढेको बस दु र्घटना
काठमाडौं, २७ मंसिर । पिकनिकका लागि मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दु र्घटना भएको छ ।
शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै प ल्टेको हो । दुर्घ टनामा २२ जना घा इते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था चि न्ताजनक छ । २० जनाको अवस्था सामान्य रहेकाले सामान्य उपचार पछि घर फर्केका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानकाअनुसार ११ वटा गाडीमा कलेजले विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि लगेको थियो। उनले भने, ‘२० जना डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भएको छ।’


