हामीले लोकतन्त्रको मैदान नसम्याएको भए रविन्द्र मिश्रले बीबीसीमा अझै हाम्रो समाचार पढिरहेका हुन्थे : योगेश भट्टराई (भिडियो सहित)

काठमाडौं । कास्कीको पोखरामा अहिले नेपाल लिटरेचर फेस्टिभल चलिरहेको छ । विभिन्न विधामा भइरहेको छलफलका क्रममा आइतवार भने राजनीतिक वहस भयो । वहसमा वहसमा नेपाली कांग्रेसका सांसाद गगन थापा, नेकपाका नेता तथा पर्यटनमन्त्री योगेश भट्टराई र साझा पार्टीका नेतारवीन्द्र मिश्र सहभागी भए । सो सेसनलाई सञ्चालन गरेका थिए पत्रकार उमेश चौहानले ।

नेता रविन्द्र मिश्रले आफुहरुले सुरु गरेको वैकल्पिक राजनीतिको वाटोवाट अबको लागि राजनीतिक क्षेत्रमा नयाँ नेतृत्व जन्मने दावी गरे । वर्तमान नेताहरुले नयाँ नेतृत्व जन्माउन नसक्ने तर्क राखे । राजनीतिक नेतृत्वको आचरण गलत भएको भन्दै नयाँ नेतृत्वबारे उनले भने, हामी यस्तो नेतृत्व चाहन्छौं जसले बालुवाटार वा आलम काण्ड नगरोस्। उनले अहिलेका राजनीतिक दल हतियार नबोकेका लडाकु भएको दावी गरे । गाउँको स्कुलमा पढाउने शिक्षक पनि राजनीतिक दलको कार्यकर्ता हुनुपर्ने बताए ।

सोही क्रममा योगेश भट्टराईले नेकपा र कांग्रेससहितका दलको संघर्षबाट नै लोकतन्त्र आएको र जनताले आफ्नो विचार राख्न आएका बताउँदै मुलुक विकास र समृद्धिमा अघि बढेको दाबी गरे । हालसम्मको राजनीतिक संघर्षबाटै जनताले स्वतन्त्रता पाएको भन्दै उनले भने, ‘यदी केही नभएको भए यतिखेर म र गगन मसाल लिएर आन्दोलन गरिरहेका हुन्थ्यौं र रवीन्द्रजी बीबीसीमा समाचार पढिरहेका हुन्थे।’

विभिन्न राजनीतिक संघर्षबाट विभिन्न कालखण्डमा लादिएका निरकुंशता हटाउन सफल भएकै कारण रवीन्द्र मिश्र पार्टी खोले राजनीतिमा आएको भन्दै योगेशले भने, ‘हामीले लोकतन्त्रको मैदान नसम्याएको भए रवीन्द्र मिश्र समाचार पढिरहेका हुन्थे ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖