आमालाई दिदी बनाएर से टिङमा नागरिकता ! स्कुल बनाउन गैर का नूनी ठेक्का दिदा ११ लाख झ्वाँ म (भिडियो)

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७० औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

साथै विभिन्न विषयमा सम्बन्धित ब्यक्ति–विशेषसँग प्रत्यक्ष कुराकानी समेत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. विव्यस अध्यक्षका श्रीमानले पाए विद्यालय बनाउने जिम्मा, ११ लाख गायब !

मेलम्ची । सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गर्न ठूलै राजनीति हुन्छ ।
विद्यालय व्यवस्थापन समितिमा बस्न मान्छे किन राजनीति गर्छन् ? भन्ने उदाहरण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ कटुन्जेस्थित जन जागृती माविमा देखिएको छ ।

भूकम्पपछि विद्यालयको ८ कोठे भवन पुन निर्माणका लागि जिल्ला शिक्षा एकाई मार्फत ९६ लाख रुपैयाँ बजेट निकासा भयो ।

शिक्षा नियमावली अनुसार शिक्षा एकाई मार्फत भवन निर्माण गर्न लागि गएको बजेटमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले नै बनाउनुपर्छ ।

२. वडा कार्यालयले गाई-भैंसी मरेको पनि शुल्क उठाउछ !

नवलपरासी । नवलपरासी सुस्ता पूर्वमा पर्ने कावासोती नगरपालिका–१४ का ध्रुब कुमार श्रेष्ठको गाई मरेपछि इन्स्योरेन्सको पैसा दाबी गर्न गए ।

इन्स्योरेन्स कम्पनीले वडा कार्यालयको सिफारिस आवश्यक पर्ने बतायो । त्यसपछि उनी सिफारिसको लागि वडा कार्यालय पुगे ।

उनलाई वडा कार्यालयले सिफारिस त बनाइदियो तर, त्यसबापत नगरपालिकाले १५ सय रुपैयाँ लियो । गाई मरेको सिफरिसको पनि त्यति धेरै शुल्क लिएपछि श्रेष्ठ अचम्ममा परे ।

त्यस्तै कावासोती–१४ कै संगीता तिमिल्सिनासँग पनि भैँसी मरेको सिफारिस बनाए बापत वडा कार्यालयले १२ सय रुपैयाँ लिएको छ ।

३. झुटो विवरण भएको नागरिकताले आमालाई दिदी बनाइदियो

गोरखा । नागरिकतामा बाबुको नाम अनिवार्य गर्नुपर्ने प्रचलित नियमका कारण गोरखाका सबिन परियारले आफ्नै आमालाई नातामा दिदी भन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सविनका अनुसार २०४२ सालमा गोरखाको साविक धावा डाँडाका स्थानीय गोपी पुडासैनी र स्थानीय चेपा दमिनीको सम्बन्धबाट बच्चा जन्मिए पनि पुडासैनीको घरमा अस्वीकार गरेका कारण चेपा दमिनी छुट्टै बस्दै आएक थिइन् ।

सबिन १६ बर्षको पुगेपछि २०६० सालमा गोपी पुडासैनीले आर्मीमा जागिर खानुपर्छ भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा लगेर नागरिकता बनाइदिए ।

तर, उक्त समयमा सेटिङ मिलाएर बाबुको नाममा उल्लेख गर्नुपर्ने स्थानमा उनका हजुरबाबुको नामनै उल्लेख गरिएको रहेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।