मुख्यमन्त्री राईले भने,- सामाजिक सञ्जाल र मिडियामा नका’रात्मक विषयले स्थान पायो

विराटनगर, ३ पौष । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नका रात्मक वस्तुको खोजी र खेती गर्ने विषयमा होडबाजी चलिरहेको टिप्पणी गर्नुभएको छ ।

आज विराटनगरमा नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय अधिवेशनको उद्घाटन गदै मुख्यमन्त्री राई संघीयतालाई संस्थगत गदै समाज परिवर्तनका लागि सकारात्मक वस्तुको खोजी र खेतीगर्न कुरामा मिडियाको अहम भूमिका हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजमा अहिलसम्म पनि असाध्यै नकरा त्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ, ‘हामी राम्रा कुरा बुझेर पनि बुझे जस्तो गर्दैनौ, देखेर पनि देखे जस्तो गर्दैनौ, कसरी नक रात्मक कुरालाई हाइलाइट गर्ने भन्ने सोचको ट्रेण्ड समाजमा अहिलेपनि छ । यो मानसिकता र प्रवृतिबाट हामी रुपान्तरित भएर सकारात्कमताको खोजीमा जुट्न आवश्यक छ ।’

‘समाजमा अनेक खालका समस्या छन, अनेकन मानसिक्ता छन्, अहिले संघीयताका बारेमा विभिन्न खालका नकरात्मक कुराहरु बाहिर आइरहेका छन, ‘त्यस्ता कुरालाई हाइलाइट गर्ने काममा होडबाजी भएमा संघीयता संस्थागत हुनेमा समस्या उत्पन्न हुन सक्छ, संघीयताका बारेमा यसलाई संस्थागत गर्ने पाटोलाई बल पुग्ने गरी मिडियाको अबको भूमिका रहनुपर्छ ।’

देश समृद्धीको यात्रामा रहेको र त्यस यात्रामा हामी सरिक रहेको भन्दै मुख्यमत्री राईले हामीलाई दिएको यो अवसरलाई कहीं कतै नभुली नझुकी योगदान गर्न तयार हुनुपर्ने बताउनुभयो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।