भारतसँगको सी’मा क्षेत्रमा थप ११४ सु’रक्षा पोष्ट थप्ने सरकारको निर्णय (भिडियो सहित)
काठमाडौं । सरकारले भारतसँगको सीमा क्षेत्रमा थप एक सय १४ बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत थप ११४ बोर्डर आउट पोष्ट स्थापना गर्ने निर्णय भएको जानकारी दिए ।
यसबारे स्पष्ट पार्दै उनले भने, ‘सरकारले नेपाल भारत सीमामा थप ११४ वटा चेकपोस्ट राख्ने जानकारी गराउनु चाहन्छु।’ सरकारले उक्त सुरक्षा पोष्ट थपेसँगै अब सीमा क्षेत्रमा सशस्त्रको २२१ वटा चेकपोष्ट हुनेछन्।

मन्त्री बाँस्कोटाकाअनुसार नेपाली सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनाद्वय लव यत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानी दर्जामा पदोन्नति गर्ने निर्णय गरिएको छ ।


