कुलमानलाई ऊर्जामन्त्री पुनको क’डा नि’र्देशन

काठमाडौं, ४ पुष । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको सेवालाई प्रभावकारी बनाउन नि र्देशन दिएका छन् ।

शुक्रबार ‘सहज सेवा, स्वच्छ नेपाल विद्युत् प्राधिकरण’ राष्ट्रिय अभियानको शुभारम्भ गर्दै मन्त्री पुनले यस्तो नि र्देशन दिएका हुन् । उनले प्राधिकरणको सेवा भरपर्दो र चुस्त बनाउन नि र्देशन दिएका हुन् ।

सार्वजनिक संस्थानलाई पारदर्शी बनाउनुपर्ने भन्दै उनले पारदर्शी प्रशासनबाटमात्र सेवालाई प्रभावकारी बनाउन सकिने बताए । विद्युत् पुग्न बाँकी १२ प्रतिशत क्षेत्रमा तीन वर्षभित्र सेवा पुर्‍याइने उनको भनाइ छ ।

त्यतिमात्रै नभए, उनले राष्ट्रसेवक कर्मचारीलाई राज्यले विभेद नगरेको उल्लेख गर्दै सरकारले युनियनलाई सहकर्मीकैरुपमा व्यवहार गर्ने बताए । कर्मचारीमा नैतिकता र अनुशासन गुम्दै गएको भन्दै उनले सेवालाई मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

उनले ऊर्जाको विकासबाट आर्थिक क्षेत्रको विकास सम्भव हुने बताउँदै उत्पादित विद्युत् भारत र बंगलादेशलाई बिक्री गर्न सकिने पनि बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।