२ लाख घुस लिएको अ’भियोगमा वडाध्यक्ष अख्तियारको फ’न्दामा
नवलपरासी, ४ पुस । नवलपरासी रामग्राम न.पा. वडा १८ का वडा अध्यक्ष गोपाल मगरलाई अख्तियार दु’रुपयोग अनुसन्धान आयोगले नि’यन्त्रणमा लिएको छ । उनलाई २ लाख घुस लिएको अभियोगमा पक्रि’एको हो ।
सेवाग्राहीको नाता प्रमाणित, घरगोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधी उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसमेतको मिलेमतोमा मगरले बिना रसिद दुई लाख लिएको र रसिद माग गर्दासमेत नदिएको भन्ने उजुरी तथा संकलित प्रमाणको आधारमा मिति विहीवार पक्राउ गरेको हो ।
मगरलाई नवलपरासी स्थित बर्दघाट जाने बाटोबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।


