सरकारमा बस्ने नैतिकता सकियो : उपेन्द्र यादव

काठमाण्डौ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले हिजो मन्त्रीपरिषद बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका थिए । तर प्रधानमन्त्री केपी ओलीले उक्त प्रस्ताव अहिले पेश नगर्नू भनेर रोकेपछि उपप्रधानमन्त्रीसमेत रहेका यादव रुष्ट बनेका थिए ।

त्यसैको नतिजास्वरुप आजै यादवसहित समाजवादी पार्टीबाट सरकारमा रहेका शहरी विकास मन्त्री मोहम्मद इस्तिहाक राईले पनि राजिनामा दिएका छन् । यादवले हिजो संविधान संशोधनका लागि विज्ञ सुझाब समिति गठन गर्ने प्रस्ताव राख्न खोजेका थिए तर ओलीले बिचैमा रोकेका थिए ।

राजीनामा पत्रमा मन्त्री यादवले सरकारमा सहभागि हुनुअघि नै संविधान संशोधन गर्ने सहमति भएको तर अहिले सत्तारुढ दल नेकपाले त्यसलाई इन्कार गरेको आरोप लगाएका छन् ।

संविधान संशोधन गर्ने भनि त्यसबेला सरकारसँग दुई बुँदे सहमति भएको पनि यादवको राजीनामा पत्रमा उल्लेख छ । सरकारले सहमति तोडेकाले नैतिकताका आधारमा आफ्नो दल सरकारमा रहीरहन उचित नभएको यादवको तर्क छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖