ओली नेतृत्व सरकारले गुमायो दुई तिहाइको समर्थन, कस्तो असर पर्छ ?

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले दुई तिहाइ समर्थन मंगलबार गुमाएको छ । सरकारमा सहभागी समाजवादी बाहिरिएपछि नेकपाको ओली सरकारले दुई तिहाइ समर्थन गुमाएको हो ।

सत्तारुढ नेकपाले दुई बुँदे सहमति तोडेको र संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओली अस्वीकार गरेपछि सरकारमा बस्नुको औचित्य नरहेको भन्दै समाजादीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरीमन्त्री मोहम्मद इश्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनीहरुले राजीनामा दिएसँगै ओली सरकारले दुई तिहाइ समर्थन गुमाएको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर, समाजवादी सरकारसँग बाहिरिएसँगै अब सत्तारुढ नेकपासँग १ सय ७४ जना सांसद छन् । १५ जना सांसद रहेको समाजवादी बाहिरिएपछि नेकपाको १ सय ७४ सांसदले साधारण बहुमत मात्रै पुग्छ ।

संविधान संशोधनसहित विशेष निर्णय लिनुपर्दा संसदमा दुई तिहाइ समर्थन पुर्‍याउनु पर्ने हुन्छ । अब यस्ता निर्णय लिन भने सरकारले अन्य दलको समर्थन लिनुपर्ने हुन्छ । यदी राजपा सरकारमा गयो भने फेरि ओली सरकारले दुई तिहाइ समर्थन प्राप्त गर्छ । राजपासँग १६ जना सांसद रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।