आइजीपी सर्वेन्द्र खनाललाई अमेरिकापछि चीन जान रोक

काठमाडौं, १० पौष । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालको चीन भ्रमण रोकिएको छ । २१ पौषमा चीन जाने तय भएपनि सरकारले भ्रमण स्वीकृती दिएन ।

आइजीपी खनाल गृहमन्त्री रामबहादुर थापा बादलको साथमा एक हप्ते चीन भ्रमणमा जाने तय भएको थियो । तर, सरकारले भ्रमणको अनुमति दिएन । यसअघि अमेरिका भ्रमणमा जान क्याबिनेटमा प्रस्ताव लाँदा पनि अस्वीकृत भएको थियो । इन्टरपोलको महासभामा सहभागी हुन चिली जान भने स्वीकृति दिइएको थियो ।

यसअघि खनाल थाइल्यान्डमा भएको एक सुरक्षा समिति बैठकमा जाँदा विवादमा परेका थिए । उनको भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालसँगको भेटले तरंग ल्याएको थियो । उनले अमेरिका र चीन भ्रमणमा जाँदा समेत महत्वपूर्ण भेट गर्ने बुझेपछि सरकारमा रहेको एउटा समूहले भ्रमण रोक्न लगाएको बुझिएको छ ।

पछिल्लो समय चिनियाँ संगठित आपराधिक समुहका सदस्यहरु एकैपटक पक्राउ गरेपछि खनाललाई चिनियाँ पक्षले धन्यवाद दिएको छ । यस घटनापछि हुनलागेको चीन भ्रमणको अनुमति नपाउनुलाई अर्थपूर्ण मानिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।