गोकर्ण रिसोर्ट बारे प्रधानमन्त्रीले दिए क’डा अभिव्य’क्ति (भिडियो सहित)
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाउन देश तथा विदेशी शक्तिहरुले नचाहिदो विषयलाई उचालेर भ्रम छर्ने प्रयास गरेको बताएका छन् ।
बालुवाटारमा आयोजित प्रेस संगठनको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रिले गोकर्ण रिसोर्टको विषयमा पनि आफ्नो धारणा राखेका छन् ।
प्रधानमन्त्रीले भने, “गोकर्ण रिसोर्टको लिन अवधि थपियो जसरी कहिल्यै थपिएको थिएन, पहिले हचुवाका भरमा मूल्य राख्ने, हचुवाका भरमा दिने, अहिले विभिन्न स्वतन्त्र संघ संस्थाहरुबाट मुल्याङ्कन गराएर कति तयसका मुल्याङ्कनका विधिहरु तयार गरेर त्यस विधि अन्तर्गत यति हुँदो रहेछ भनेर, अवधि बाँकि रहँदै किन दिइयो भन्ने प्रश्न, अवधि बाँकी रहँदै किन दिनु पर्छ भन्ने, के त्यसलाई नचलाउने भन्न प¥यो कि अरु केही गर्न प¥यो जव कसैले लिज लिएको छ र उसले प्रगती गर्छ भन्छ र आकर्षक ढंगले सरकारलाई कर तिर्छु भन्छ, लिजको रकम राम्रो तिर्छु भन्छ भने उसले नपाउने भन्ने कुरा होइन ।”

प्रधानमन्त्रीले भने, “मैले खोलाको बाटोबाट पनि हामी आवागमन गर्न सक्छौं भने उडाए, हामी समुद्रमा जहाज चलाउन सक्छौं भने उडाए, कति दयनिय अवस्था छ विरोधिहरुको, पानीमा पानीजहाज चल्छ भन्ने कुरा पनि थाहा पाएका छैनन, नदिमा स्टिमर चलछ, जहाज चल्छ भन्ने त थाहा पाउनु पर्छनी ।’’


