भोली सार्वजनिक विदा, सबै सरकारी कार्यालय बन्द हुने

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले भोली पौष १५ गते मंगलबार सार्वजनिक विदा दिएको हो ।

गण्डकी प्रदेशले भोली विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिने भएको हो । आन्तरिक मन्त्रालयले सूचना निकालेर बिदा दिने निर्णय गरेको बताइएको छ ।

पुस १५ गुरुङ जातिको चाड तमु ल्होसार परेकाले सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा बिदा दिने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।

गत वर्ष पनि गण्डकीले पुस १५ मा सार्वजनिक बिदा दिएको थियो । अन्य प्रदेशहरुका बारेमा भने अहिलेसम्म कुनै जानकारी आएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।