नेपाल बैंक लिमिटेडका पूर्वशाखा प्रबन्धक प’क्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल बैंक लिमिटेड डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई प क्राउ गरेको छ ।
प्रहरीका अनुसार प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना गराएर अनुचित लाभ लिएको आ रोपमा उनलाई प क्राउ गरिएको राजधानीमा खबर छ ।
कोइरालामाथि अनुसन्धान गर्न बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम जिल्ला अदालत, पाटनबाट ७ दिन म्याद थप भइसकेको छ । प्रहरीका अनुसार, नेपाल बैंक लिमिटेडका मानव स्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेको जोहरी आएपछि कोइरालालाई प क्राउ गरी अनुसन्धान थालिएको हो ।


