‘प्रचण्ड’का घरबेटीलाई मन्त्री नेम्वाङले दिए क’डा निर्देशन

रमेश गिरी, काठमाडौं, १४ पुष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको कमलविनायबाट नगरकोट जाने सडक छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सडकखण्डको आज अनुगमन गर्दै उनले अलमल गरेर र फाइल घुमाएर नबस्न निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्शनलाई निर्देशन दिएका हुन् ।

मन्त्री नेम्वाङले स्थानीयवासीको अवरोध नभई पूर्णरुपमा सहयोग हुँदाहुँदै व्यवसायीले काम रोक्नु विडम्बना भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र सडक निर्माण पूर्णरुपमा सम्पन्न हुन्ुपर्ने भनाई राखे । मन्त्री नेम्वाङले भने, “अब हिजोको जस्तो अवस्था छैन, नयाँ परिस्थितिमा नयाँ ढङ्गले गति लिनुपर्छ, विगतमा जस्तो ढिलाइ गर्ने निर्माण व्यवसायीको चालचलन पनि अब परिवर्तन हुनुपर्छ ।”

उनले भक्तपुर काठमाडौँको ट्राफिक जाम व्यवस्थापन गर्ने, कोटेश्वरमा सुरुङमार्ग बनाउने, फ्लाई ओभर बनाउने, हनुमन्ते करिडोर बनाएर जाम हटाउन, खाल्डाखुल्डी टाल्ने र साना आयोजना मात्रै नभई विकासका ठूला योजनाहरु शुरु गरेको जानकारी दिए।

त्यस्तै, पूर्वउद्योगमन्त्री महेश बस्नेतले नगरकोट सडकको खरिपाटीसम्म बेस हालेर कालोपत्रको तयारी भएको जानकारी दिँदै चालु आवभित्रै सबै काम सम्पन्न गर्न भौतिक पूर्वाधार मन्त्रालय र सडक विभागले पहल गर्नुपर्ने भनाई राखे ।

उनले भक्तपुरको सूृर्यविनायक क्षेत्रमा तीनवटा पुलको निर्माण गर्न, हनुमन्ते करिडोर छिटो सम्पन्न गर्न, बेलिब्रिज निर्माण, मनोहरा करिडोर निर्माण, वीर अस्पताल, सानोठिमी सडक विस्तार गर्ने कार्यलाई पूर्णता दिन माग गरे ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले नगरकोट सडक निर्माणसम्पन्न गर्न पटक पटक सरोकारवाला निकायदेखि नेकपा अध्यक्ष्य प्रचण्डसम्म पुग्दा पनि आयोजनाले ढिलाइ गरेको गुनासो पोखे ।

अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका प्रमुख केशव शर्मा, सडक विभागका उपनिर्देशक राजेन्द्र ढकाल र सुशील शर्मा, प्रजिअ हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सञ्चारकर्मीसहितको सहभागीता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।