यी दानवीर मेयर जसले दिए ८ बिघा जग्गा

लक्ष्मीमार्ग । बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी हालै गरेको एउटा घोषणाका कारण चर्चाको शिखरमा छन् । त्यो हो, परिकल्पनामा रहेको जनयुद्ध प्रतिष्ठान नेपाललाई आफ्नो ८ बिघा पैतृक सम्पत्ति दिने घोषणाका कारण । नगर पिताका रूपमा रहेका सुवेदीको यो निर्णयले नगरबासी पनि उत्साहित बनेका छन् ।

८ बिघा जग्गामा जन यु द्ध कालमा भएका गतिविधिहरूलाई समेटेर सङ्ग्राहलय, शैक्षिक गतिविधि, स्वास्थ्य गतिविधि, पार्क तथा अन्य रोजगारमूलक कार्यक्रम गर्ने पत्र प्राप्त गरेपछि नगर प्रमुख सुवेदी त्यो घोषणा गर्न पुगेका हुन् । बेलबारी कार्यपालिकाको बिहीबार बसेको बैठकमा उनले यस्तो घोषणा गरेपछि जनयुद्ध प्रतिष्ठान बन्ने सम्भावना बढेर गएको छ ।

हाल जग्गाको बजार मूल्य करिब ८ करोड रुपैयाँ पर्छ । नगर प्रमुख सुवेदीले आफूले बेलबारीको समृद्धि चाहेकाले आफ्नो पैतृक सम्पत्ति नगरको योगदानमा खर्चिएको बताए । विकाकका लागि आफू जहिल्यै पनि लागीपर्ने बताएका छन् ।

जग्गा प्राप्त भएमा आउँदो आर्थिक वर्षको शुरुवातमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर कामको थालनी गर्ने प्रतिष्ठानका अध्यक्ष सावित्रीकुमार काफ्लेले बताए ।

सङ्घीय, प्रदेशमा छलफल चलिरहेका बेला नगर प्रमुखले जग्गा दिने घोषणाले आफूहरू उत्साही बनेको उनले बताए । नगर प्रमुख सुवेदीले यसअघि पनि बेलबारीको फोहोर थुर्पाने ठाउँ (डम्पिङ साइट) का लागि जग्गा प्रदान गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।