भ्र’ष्टाचार गर्ने जोसुकै होस ल’खेट्नुपर्छ : सञ्चार मन्त्री
काठमाडौं,१४ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको आवाजलाई निष्पक्ष तरिकाले सही रुपमा सूचना प्रवाह गर्नमा मिडियाले जोड दिनुपर्ने बताउनुभएको छ ।
कैलालीको लम्की चुहा नगरपालिकामा ‘लम्की एफएम’को आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मिडियालाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न आग्रह गर्नुभयो ।
सरकारले मिडियालाई सुरक्षा प्रदान गर्ने भएकाले यसले आफ्नो दायित्वसमेत पूरा गर्नुपर्ने मा उहाँले जोड दिनुभयो । “भ्र ष्टाचार अ न्त्यको कुरा आइरहेको छ, भ्र ष्टाचार जसले गरेको भए पनि कारवाही हुनैपर्छ”, सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “भ्र ष्टाचार गरेको पाइएमा जोसुकैलाई पनि सबैले ल खेट्नुपर्छ ।”

सरकारका प्रवक्ता बाँस्कोटाले सुदूरपश्चिमलाई छाउपडी प्रथाको प्रदेश भनेर चिनिन नदिन सञ्चारकर्मीले सहयोग गर्नुपर्ने बताउँदै स्थानीय तहले छाउप्रथा मान्ने र मान्न लगाउने जो कोहीको घरको सामाजिक सुरक्षा भत्ता कटौती गरेमा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“परिणाम देखिनेगरी स्थानीय सरकारले काम गर्नुपर्छ”, उहांँले भन्नुभयो, “स्थानीय सरकारको प्रयासविना छाउप्रथा निराकरण गर्न सकिँदैन । ‘लम्की एफएम’का प्रबन्धक तीर्थ जैसीको सभापतित्वमा भएको कार्यक्र्रममा उहांँले सुदूरपश्चिमका सांस्कृतिक तथा पुरातात्विक बस्तुको प्रदर्शन गर्न सके पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


