अब नेपाली श्र’मको नयाँ र सु’रक्षित ग’न्तव्य स्पेन : श्रममन्त्री यादव

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले नेपाली श्रमको नयाँ र सुरक्षित गन्तव्य स्पेन बन्ने बताएका छन् । श्रम मन्त्रालयमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्रीको नेतृत्वमा लुम्बिनी फाउन्डेसनसहितको उच्चस्तरीय टोलीसँगको भेटमा श्रममन्त्री यादवले यस्तो बताएका हुन् ।

मन्त्री यादवले स्पेनसंग सहकाय गर्न आफुहरु आँतुर रहेको पनि धारणा राखे । उनले स्पेनसंग श्रम सम्झौता गरी श्रमको नयाँ तथा सुरक्षित गन्तब्य बन्ने विश्वास ब्यक्त गरे ।

नेपाली श्रमिकलाई स्पेन पठाउन नेपाल सरकार श्रम सम्झौता गर्न चाहेको उल्लेख गर्दै मन्त्री यादवले यस उच्चस्तरीय टोलीमार्फत नै मन्त्रीलाई नेपाल आउन आमन्त्रण समेत गरे ।

पर्यटन वर्ष २०२० को शुरुवातसँगै स्पनेको एक्स्ट्रिमुरा सरकारका पर्यटनमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोको नेतृत्वमा आएको उच्चस्तरीय टोलीसंगको भेटघाट कार्यक्रम नेपालमा उच्चस्तरीय टोलीलाई स्वागत गर्दै मन्त्री यादवले नेपाल र स्पेनको सम्बन्ध बिगत ५ दशकदेखि रहेको बताए ।

उनले नेपाल भ्रमण बर्ष २०२० को शुरुवातसँगै आएको मन्त्रिसहितको उच्चस्तरीय टोलीलाई नेपालप्रति सद्भाव र ममत्व देखाई सहकार्य गर्न आएको भन्दै हार्दिक आभारसमेत ब्यक्त गरे ।

श्रममन्त्री यादवले नेपाल र स्पेनमा धेरै समानता रहेको पनि धारणा राखे । उनले नेपाल कृषिप्रधान देश रहेका उल्लेख गर्दै नेपालका कृषि श्रमिकलाई स्पेनमा प्रशिक्षण गराई नेपालको उत्पादकत्व बढाउन सकिनेमा पनि जोड दिए । नेपाल कृषि, पर्यटन र हाइड्रो प्रोजेक्टमा निकै संभावना रहेको बताउदै सो क्षेत्रमा लगानी गर्न आग्रह समेत गरे ।

त्यसैगरी स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डोले नेपाल सरकारले देखाएको सदभाव तथा आतिथ्य प्रति आभार प्रकट गर्दै आफुहरु पनि नेपाली श्रमिकको सुरक्षित गन्तव्य बनाउन सके नेपाल र स्पेनको सम्बन्ध अझै प्रगाढ हुने बिश्वास ब्यक्त गरे ।

उनले नेपालजस्तै स्पेन सरकारपनि नेपाली श्रमिकलाई स्पेन लैजान आँतुर रहेको बताउदै निकट भबिष्यमा नै स्पेनका श्रममन्त्रीसहितको टोली श्रम सम्झौता गर्न नेपाल आउने प्रतिबद्धता ब्यक्त गरे ।

उच्चस्तरीय टोलीमा स्पेनको एक्स्ट्रिमुरा सरकारका संस्कृति, पर्यटन तथा खेलमन्त्री नुरिया फ्लोरेस रेन्डोन्डो, क्यासेरेस सिटी काउन्सिलका मेयर लुइस सायाला जुलियन, एक्स्ट्रेमादुरा सरकारको बाह्य मामिलाका महानिर्देशक रोजा बालास टोरेस, सेटेक्सका उपाध्यक्ष मारिया डेल पिलर अकोस्टा, लुम्बिनी गार्डन फाउन्डेशनका अध्यक्ष जोसे मानुएल भिलानोवा तथा लुम्बिनी गार्डन फाउन्डेशनका सचिव एकराज गिरी रहेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।