अब मौसममा क्रमिक सुधार हुँदै जाने

काठमाडौँ, २५ पौष । पश्चिमी न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि मौसममा आएको परिवर्तनमा अब क्रमिक सुधार भएको छ ।

हाल उल्लेखनिय मौसमी प्रणाली नरहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति देशका पूर्वी र मध्य पहाडी भू(भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको छ।

भोलि शनिवार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने र राती पश्चिमी भू(भागमा आंशिक बदली रहने जनाइएको छ । आइतबार देशभर मौसम सामान्यतया सफा रहने अनुमान छ ।

तराइका अधिकांश स्थानमा लागेको हुस्सु कुहिरो साँझ सम्म विस्तारै हटेर जाने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।