प्रधानमन्त्री ओलीको गृहनगरमा फोहोरबाट ग्याँस उत्पादन गरिंदै

दमक झापा, प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा फोहोरलाई मोहोर बनाउने परियोजना सुरु भएको छ । दमकमा दैनिक ४० टन फोहोरबाट ग्याँस उत्पादन गर्ने उद्योग स्थापना हुन लागेको हो ।

‘दमकको फोहोरबाट अब ग्याँस उत्पादन हुनेछ, सो ग्याँसबाट १५ सय परिवारलाई खाना पकाउन सकिन्छ’– दमकका मेयर रोमनाथ ओलीले भने फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना सम्झौतापछि मेयर ओलीले भने– ‘उत्पादन भएको ग्याँस खाना पकाउन प्रयोग गर्ने कि सवारी साधानमा प्रयोग गर्ने भन्ने कार्ययोजना बनाउँदैछौं ।’

दमक नगरपालिकाले बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग मिलेर फोहोरबाट उर्जा उत्पादन गर्ने उद्योग सुरु गर्न लागेको हो । परियोजना निर्माण नेक्स्ट एरा इनर्जी प्रालि र रोहन ट्रेडर्सले संयुक्त रुपमा गर्न लागेका हुन् । त्रिपक्षीय सम्झौता सम्पन्न भएपछि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले भने– ‘४० टन क्षमताको यो परियोजनाबाट एक वर्षभित्र ग्याँस उत्पादन हुन्छ । यसबाट दैनिक एक हजार ८४ केजी ग्याँस उत्पादन हुनेछ ।’ परियोजना निर्माणको कूल लागत करिब १५ करोड रुपैयाँ रहेको छ ।

विश्व बैंक समेतको सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रद्धारा सञ्चालित नवीकरणीय उर्जा विस्तार कार्यक्रम अन्र्तगत कार्यान्वयन हुने यो परियोजनाको कूल लागतको ६० प्रतिशत रकम परियोजना निर्माणकर्ता कम्पनीद्धयले ब्यहोर्नेछन् । बाँकी ४० प्रतिशत रकम वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले व्यहोर्ने छ । परियोजनाका लागि आवश्यक जग्गा दमक नगरपालिकाले दिने भएको छ । परियोजना निर्माण भएपछि २० वर्षसम्म निर्माणकर्ताले सञ्चालन गरेर त्यसपछि नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

आयोजना निर्माणकर्ता कम्पनीका अध्यक्ष युवराज घिमिरेले भने– ‘नवीकरणीय उर्जा उत्पादन र प्रयोगलाई अब सबै नगरहरुले उच्च प्राथमिकता दिनुपर्छ ।’

दमकका मेयर रोमनाथ ओलीले दमकलाई हरित र स्वस्थ नगर बनाउने अभियान चलाइरहेका छन् । पूर्वी नेपालमा दमकलाई नमूना नगर बनाउने अभियान अन्र्तगत फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना बनाउन लागिएको मेयर ओलीले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।