झापाका यी युवा जसलाई ७ सय ५० रुपैयाबाट शुरु गरेको व्यवसायले यसरी बनायो उद्योगी
प्रदिप दास, धनकुटा खबर । झापाको गौरीगञ्ज ६ गजुरगाछीँको मुस्कान टेलर्सलाई नदेख्ने र नचिन्ने सायद कमै होलान् । विवाह ,भोज भतेर र हरेक किसिमका कार्यक्रममा प्रयोग हुने कपडा त्यहाँ सिलाईन्छ । त्यति मात्र हैन गौरीगञ्जका सामान्य मानिसदेखि सरकारी कर्मचारी तथा नेता सम्म सुट बनाउँन त्यहाँ आउँछन् । अब सबैको चासो हुन सक्छ । त्यो टेलर्स कसले सञ्चालन गरेको हो ।
हेर्दा नपत्याउने सानो चेडाका महमत समिद आलम त्यसका सञ्चालक हुन् । उनले त्यहाँ टेलर्स अनि बुटिङ्ग उद्योग पनि सञ्चालन गरेका छन् । त्यहाँ कुर्ता सुरुवाल ,ब्लाउज ,लेहेङ्गा अनि चोलीमा बुटिङ्ग भरिन्छ । अनि त्यहि रहेको मुस्कान टेलर्समा सिलाएर ग्राहकलाई दिइन्छ । त्यति मात्र हैन स्पेसियल सुट तयार गर्नुपर्यो भने हरेक ब्यक्तिको रोजाईमा पर्छन् कोट मास्टार समिद ।
उनले हरेका ग्राहकका लागी उनिहरुको रोजाई अनुसारका सुट तयार गर्छन् । उनले शुरुवाती अवस्थामा रु ७ सय ५० रुपैयामा थालेको टेलर्स पसल अहिले ७ लाख माथीको भएको छ । उनले यहि टेलर्सबाट कमाएको पैसाले घडेरी पनि किनेका छन् । उनि उद्योगी र कोट मास्टर भएका छन् । उनि भन्छन्-म दिनमा दुई जोरी सुट तयार गर्छु कोट सिंलाउन मलाई सर्ट भन्दा सजिलो लाग्छ ।,
सामान्यतया कोट सिंलाउँन १–२ दिनसम्म लाग्छ तर समिद १ दिनमा दुई जोर तयार गर्छन यो अचम्मको कुरा हो । धेरैले उनलाई देख्दा नपत्याउँदो देख्छन् । तर उनि छन् यस्तो । उनिसँग असामान्य क्षमता छ जो उनि एक दुई पटक हिरेर सिके भने जस्तोसुकै डिजाइन् पनि टिप्न सक्छन् ।

अहिले बजार मोदी कोट ,जवारकोट ,आस्कोट ,शिरवानी लगायत डिजाइन चल्तीमा रहेको उनि बताउँछन् । अझै अपत्यारिलो र अच्च्मको कुरा त के छ भने उनि पहाडी समुदायमा लोकप्रिय दौरा सुरुवाल र चौबन्दी चोली पनि तयार गर्छन् ।
यसको पनि एउटा कथा रैछ उनले कालीगढ राखेर र खुसि पारेर पहाडी समुदायका एक ब्यक्तिबाट सिकेका रहेछन् । यस्तै ७ सय ५० बाट शुरु गरिएको उनको टेलर्समा अहिले २५ वटा मेसिन् रहेछन् । त्यसको पनि एउटा घतलाग्दो कहानी रहेछ । शुरुमा उनिसँग लगानी गर्ने पुजीँ थिएन एक जना ब्यक्तिबाट ४ सय रुपैया लिएको र उनिसँग भएको गरी जम्मा ७५० रुपैयामा उनले टेलर्स शुरु गरेछन् ।
तिब्र इच्छा र लगानशिला हुने हो भने जे पनि गर्न सकिन्छ भन्ने उदाहरण उनले देखाएका छन् । किन की उनि सँग पुजीँ थिएन र मात्र अलिकति सीप थियो दृढ बिश्वासले उनलाई गौरीगञ्जका महिला तथा पुरुषहरुलाई सिप सिकाउन थालेछन् ।
अनि ति सिक्ने शिष्यहरुलाई परफेट बनाएपछि उनले ति मेसिन त्यहि राख्दा रहेछन् । यसरी उनले अहिलेसम्म २ हजार महिला तथा पुरुषहरुलाई सिप सिकाएका छन् । उनिहरु विभिन्न ठाउँमा सिलाई पसल खोली आत्मनिर्भर भएका छन् । समिद सम्झन्छन् एक जान नेपाली युवकसँग मलेसियाकी एक महिलाले विवाह गरी नेपाल आएकी रहिछन् ।
उनलाई पनि समिदले नै सिप सिकाई दिएछन् । अहिले ति महिला गौरीजञ्ज ३ मा शान्ति टेलर्स चलाए जिविकोपार्जन गर्छिन् । यो त उदाहरण मात्र हो । यस्ता धेरै युवायुवतीहरु अहिले गोरीगञ्ज आसपास र देश बिदेशमा रोजगार भएका समित बताउँछन् । त्यति मात्र होइन् अहिलेका पुष्तामा सिलाउँने तर कटिङ्ग गर्ने सीप कमै मात्र देख्न सकिन्छ । उनले सिकाएका सबैले कटिङ्ग पनि आफै गर्छन् । उनले यसका लागी एउटा पुस्तक नै प्रकाशन गरेका छन् । तत्कालिन शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यलय गोरीगञ्जका इन्सपेक्टर देव कार्कीको सल्लाह र सहयोगमा उनले कटिङ्ग पुस्तक प्रकाशन गरेका हुन् ।
को हुन् समिद
झापा गोरीगञ्ज गाउँपालिका ३ का समिदको शुरुवातको कथा सम्झिदा उनि भकानिन्छन् । किन की उनले जिदन्गीमा धेरै दु:ख भोगेका थिए । उनले कक्षा ८ सम्मको मात्र अध्ययन गरेका छन् । उनि त्यति बेला कु,लतमा फसेका थिए । उनि जाँ,ड र,क्सी अनि ला गु औ,ष ध सम्म प्रयोग गर्थे । हाम्रो समाजमा कु,लतमा फ,सेकालाई खास सम्मान अनि माया उत्पेरण केहि पनि दिइन्दैन ।
समिदलाई पनि कसैले मन पराउँदैनथे । परिवारले समेत घृ,णा अनि ति,रस्का र गर्थे । त्यतिबेला उनलाई घरबाट निकालियो । अनि उनि बेसहारा बने । यतिकैमा उनि भारततर्फ लागे त्यहाँ कुकुरले नपाउने दुख पाएको उनि बताउँछन् ।
त्यहाँ ३ महिना सिप सिकेर नेपाल फर्किए । उसो त उनको परिवारका सबै जनाले सिलाई पेशा नै अंगालेका थिए । यतिकैमा २०६१ सालमा उनले रेडिमेट उद्योग खोले त्यो राम्रोसँग चल्न सकेन अनि डुब्यो । अब झन् परिवारले उनलाई देख्न सक्न छोडे । नजिकका टेलर्समा काम सिक्न गए । त्यहाँ पनि उनलाई अपमान गरियो । उनि सुनाउँछन् टेलर्स मास्टरहरुले तैले केही गर्न सक्दैनस् भनेर घृ,णा गर्थे । त्यहि कारण उनलाई मनमा बिझ्यो अनि जसरी भए पनि सीप सिक्ने अनि उद्योग खोल्ने उनको चाहाना थियो ।
देउता खोज्दा ढुङ्गा मिल्यो भने झै गोरीगञ्ज ६ खजुरगाछी ६ का दिपेन्द्र यादव उनका लागी भगवान् बनेर आए । उनले दिएको रु ४ सय पैसाले नै उनलाई यहाँसम्म ल्याई पुर्याएको हो । उनि भन्छन् दिपेन्द्र दाईले मलाई सहयोग र उत्पेरणा नदिएको भए ।
आज म यस्तो अवस्थामा आउने थिइन।, यसरी अघि बढ्ने क्रममा कालिगढमा राखिएका मास्टरलाई खुसि पारेर उनले सिप सिके । र अहिले यो अवस्था सम्म आईपुगे । उनलले अहिले आफ्नोमा बाहेक सरकारी सहयोग चलेका परियोजनामा पनि मास्टरको रुपमा काम गर्छन् ।
उनले आफ्ननो टेलर्से सिकाएका शिष्यहरुबाट उनि मेसिन लिन्छन् त्यो पनि परफेट बनाएर । अहिले उनिसँग २५ वटा मेसिन् छन् । अहिले उनको दुई छोरी र एक छोरा छन् । उनिहरु नजिकैको एक बोर्डिङ्ग स्कुलमा पढ्छन् । उनको लाईफ अहिले स्टन्डर छ । सबैको हाई हाई छन् । उनि बताउँछन् लक्ष्य राखेर अगाडी बढेमा जो कसैले पनि प्रगती गर्न सक्छ ।
७ जनाले पाए रोजगारी
मुस्कान टेलर्समा अहिले ७ जना युवा युवतीहरुले रोजगारी पाएका छन् । उनिहरुलाई पिसरेडका आधार तलव दिने गरेको समिद बताउँछन् । उनिहरु पनि उनले नै सिकाएका शिष्यहरु हुन् । शुरुमा सिप सिक्न आउँदा मेसिन पनि चलाउन नजानेको र अहिले मज्जाले सुट लगायतका कपडा तयार गर्ने गरेको कालिगढ भारत बिहारका १८ बर्षीय स द्धा म हु सेनले बताए ।
यस्तै अर्का कालिगढ शब्दीमनले घरको आर्थिक अवस्थाका कारण पढ्न नपाएको र अब सिप सिकेर स्वलम्बी बनेको बताए । अब उनको पनि निकट भबिष्यमा टेलर्स खोल्ने योजना भएको सुनाए । यस्तै स्थानिय पुष्पा खवासले पनि त्यहाँ बुटिङ्ग सिकाउँछिन् । उनले पनि त्यहि आएर बुटिङ्ग तथा सिलाउँन जानेको बताउँछिन् । उनले मासिक ७ हजार रुपैया तलव पाउने गरेको सुनाईन् ।
उद्योग खोल्ने योजना
यतिले मात्र समिदको चाहाना पुरा भएको छैन । अझै उनलाई एउटा ठुलो सिलाई उद्योग सञ्चालन गर्ने इच्छा छ । त्यसका लागी उनि निरन्तर लागि परेका छन् । त्यो उद्योग खोलेर आफुलले सिकाएका सबैलाई रोजगारी दिने र आफु पनि ठुलो उद्योगी बन्ने उनको चाहाना छ । यसका लागी पुजीँ आवश्यक परेको छ । समिदले प्रदेश एकका आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की मार्फत प्रदेश सरकारबाट सहयोग लिन लागि परेका छन् । मन्त्री कार्कीले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको उनि बताउँछ ।
समिदको सफल्ताको कथाले सबैलाई उत्पेरणा दिन सक्छ । हाम्रा देशका लाखौँ युवाहरु बिदेश पलायन भएका छन् । उनिहरु नेपालमा रोजगारीको अवसर नपाएको भन्दै बिदेशीन्छन् । तर समिद जस्ता युवाको कामबाट नेपाल अर्थात आफ्नै देशका केहि गर्न जरुरी देखिएको छ । यो कथा सबै युवाले बुझ्न जरुरी छ ।


