रवि लामिछानेको पहलमा ६ करोड २२ लाखमा रास्कोट अ’स्पतालको निर्माण शुरु, यिनै हुन् २ करोड दिने चाइनिज हिरो (भिडियो सहित)

कर्णाली प्रदेशको दुर्गम जिल्ला कालिकोटमा न्यूज २४ टेलिभिजनबाट प्रसारण हुने ‘सीधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेको पहलमा निर्माण हुन लागेको ‘रास्कोट सामुदायिक अस्पताल’को सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ ।

उक्त अस्पतालको शिलान्यास फरक ढंगबाट गरिएको छ । शारीरिक तथा मानिसकरुपमा समेत अपाङ्गता भएकी ८ वर्षीया आशा न्यौपानेले शनिबार ‘रास्कोट सामुदायिक अस्पताल’को शिलान्यास गरेकी हुन् ।

दाँतमा भएको सामान्य संक्रमणको समयमै उपचार नपाउँदा अहिले अपाङ्गता बनेकी आशाले अस्पतालको भवन शिलान्यास गरेसँगै कालिकोटका धेरै स्थानीयमा नयाँ आशा पलाएको छ ।

आशाको परिवारको पनि आशा यही छ कि, ‘अब कालिकोटामा जन्मिने जो–कोहीले पनि उपचार अभावकै कारण आशालाई जस्तै दुःख भोग्नु नपरोस् ।’

शनिबार सयौं स्थानीयकाबीच सञ्चारकर्मीद्वय रवि लामिछाने, कर्णाली स्वास्थ्य विज्ञानका रजिष्टार विश्वराज काफ्ले, सामाजिक अभियान्ता रमेश प्रसाईलगाएतको टोलीले समयमै अस्पतालको सुविधा सम्पन्न भवनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामान्य रोगको उपचार गर्न समेत घण्टौं यात्रा गरेर सुर्खेत वा नेपालगञ्ज झर्नुपर्ने बाध्यतामा रहेका कालिकोट र त्यस क्षेत्रका ५० हजार भन्दा बढी स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै रवि लामिछाने फाउण्डेशनले सर्वसाधारणबाट सहयोग रकम संकलन गरी १५ शैयाको सुविधासम्पन्न डिजिटल अस्पताल निर्माण गर्न लागेका हो ।

अस्पतालको भवन निर्माणका लागि ड्रागन शर्मिला जेभीसँग ६ करोड २२ लाख रुपैयाँमा २ सय ७२ दिनभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ, भने आजैका दिनदेखि काम पनि सुरु भइसकेको छ । एक दिन मात्रै ढिलो भए निर्माण गर्ने कम्पनीले दिनको २७ हजार जरीवाना तिर्ने शर्तमा शुरु गरिएको हो । यो हस्पिटल दक्षिण एसियाकै पहिलो डिजिटलहस्पिटल हुनसक्ने जनाएको छ।

अस्पतालको डीपीआर तयार भइसकेको छ । नेपाल सरकारको ‘सी’ तहको ल्याब, जिल्ला अस्पतालमा हुने बराबरका शल्यक्रिया, प्रसुति सेवा, भिडियो एक्सरे, ईसीजीलगाएत एपेन्डिसाइटिसको शल्यक्रिया समेत रास्कोटमै गर्न सक्ने गरी अस्पतालको डिजाइन भएको छ ।

अस्पतालमा आकस्मिक उपचार, १५ शैयामा बिरामी भर्ना गरेरै उपचार गर्न सक्नेगरी १ जना विषेशज्ञसहित ३ जना चिकित्सकको टोलीले रास्कोट सामुदायिक अस्पतालबाट सेवा दिनेछ ।

रास्कोट नगरापालिका अन्तर्गत रहेको गैदीकोटमा तीन तह बनाई अस्पताल निर्माण हुँदैछ । अहिले तीन तहमा जग्गा सम्याउने काम सकिसकेको छ ।

विकट ठाँउमा भएपनि अस्पतालको मेडिकलसहित प्रशासनिक सम्पूर्ण सेवा डिजिटल प्रविधिमा रहनेछन् । गत चैतदेखि नै रास्कोट सामुदायिक अस्पतालले सेवा दिन सुरु गरिसकेको छ ।

भाडामा लिइएको सामान्य भवनबाट एक जना चिकित्सकसहितको टोलीले यो अवधिमा करीब २५ हजार स्थानीयलाई प्रत्यक्ष सेवा दिइसकेको जनाएको छ । सामान्य अवस्थामा समेत स्थानीयको स्वास्थ्यको केन्द्र बनेको रास्कोट सामुदायिक अस्पतालले अब आफ्नै भवन बनाउन लागेकोमा स्थानीय निकै हर्षित देखिएका छन् ।

उनीहरु सबैको आशा गाँउमै आधारभुत सुविधा सम्पन्न अस्पताल बनेपछि सामान्य रोगकै कारण अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने विश्वास छ ।

अस्पताल निर्माण भएपछि उपचार मात्र नभई स्थानीयलाई रोजगारी, सडक सञ्जाल विस्तार तथा पर्यटकीय क्षेत्रका रुपमा समेत विकास हुने स्थानीयको अपेक्षा छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।