भाग्यले सभामुख बनेका अग्निको चु’नौती

काठमाण्डौ । प्रतिनिधिसभाको सभामुखमा नेकपाले उम्मेदवार बनाएका अग्नी सापकोटा निर्विरोध निर्वाचित भएका छन् । लामो समयको विवाद र रस्साकस्सीपछि नेकपाले सभामुखमा सापकोटालाई उम्मेदवार बनायो । संसदमा रहेका अन्य दलले उम्मेदवार बनाएनन् । अर्थात सापकोटालाई नै समर्थन गरेको जस्तो देखियो । तर अबका दिनमा पिष्पक्ष र तटस्थ रहेर संसदको नेतृत्व सापकोटालाई सहज भने हुने छैन ।

सापकोटा अपवाद र भाग्यले सभामुख बनेका पात्र हुन् । यौ’न का’ण्डमा कृष्णबहादुर महरा नफसेको भए सापकोटाले यो अवसर पाउने थिएनन् । महराले दलीय आस्थाअनुसार प्रतिपक्षी दलको भावनालाई सम्मान गर्न नसकेको आरोप लागेको थियो ।

उक्त विगतलाई नजरअन्दाज गरे भने सापकोटा असफल हुन सक्छन् । नेपालको संसद सर्वोपरी छ । जनताले मत दिएर पठाएका प्रतिनिधिहरु सांसदको रुपमा नीति निर्माणमा सक्रिय हुनुपर्छ । संसदबाट नै संविधानबामोजिमका कानुन निर्माण हुने गर्दछ । जनताको समस्या सरकार समक्ष पु¥याउने माध्यम पनि संसद हो । त्यसैले संसदको गरिमा कायमा राख्नु ठूलै चुनौति देखिन्छ ।

प्रतिनिधिसभाको एउटै अवधिमा दोस्रो सभामुख बनाउनुपर्ने बाध्यात्मक परिस्थितले सापकोटालाई गरिमामय पद प्राप्त भएको छ । यस्तो अवस्थामा सत्तारुढ दल र प्रतिपक्षी दलहरुबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई समान व्यवहार गरेर अघि बढ्न सके सापकोटाले पाएको अवसर सार्थक बन्न सक्छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया टुंगो लाग्न बाँकी रहँदा आन्तरिक सन्तुलन मिलाएर संसद् बैठक सञ्चालन गर्नु सापकोटाका लागि चुनौतीपूर्ण छ । साथै प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नु अर्को चुनौति हो । संसदमा रहेका विवादित विधेयकहरुको छलफल हुन बाँकी नै छ । त्यसबेला सभामुखको समन्वयकारी भूमिका निकै महत्वपूर्ण हुने भएकाले त्यसतर्फ सचेत हुन सांसद प्रकाश रसाइली स्नेहीको सुझाब छ ।

सभामुखले दलीय नियन्त्रणभन्दा माथि रहेर महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा अर्की सांसद शान्ता चौधरी बताउँछिन् । संविधान तथा ऐनबमोजिम सभामुखले आफ्नो जिम्मेवारी भूल्न नहुने चौधरीको भनाई छ ।

संसद्मा पेस भएका कतिपय विधेयक विवादमा परेका बेला तिनलाई सुझबुझका साथ अघि बढाउने जिम्मेवारी पनि पूरा गर्नुपर्ने छ । साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो पनि सभामुख सापकोटामाथि हुने नै छ । पार्टीले विश्वास गरेको तर धेरैले पत्याउन नसकेका सापकोटाले अब सभामुखको भूमिकामा सफल हुनका लागि आफूलाई केन्द्रित गर्नुपर्ने देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।