पाँच रुपैयाँ ज’रिवाना तिर्न नसक्दा प्रहरीको फ’न्दामा

वीरगञ्ज, १४ माघ । अहिलेको युगमा अदालतद्वारा तोकिएको पाँच रुपैयाँ ज’रिवाना तिर्न नसक्ने हैसियत भएका मानिसहरु पनि हँदाेरहेछ भनी सुन्दा अचम्म लाग्छ । तर यो सत्य हो । यस्तै घ’टना बारा जिल्लाको पचनौता नगरपालिकामा घ’टेको छ ।

कुरो २०६५ साल माघ २७ गतेको हो । पचनौता गाउँपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र महरामाथि स्थानीय नवाब ठाकुर लोहारले जिल्ला अदालत पर्सामा जालसाजी मु’द्दा हालेपछि अदालतले निज महरालाई रु पाँच द’ण्ड ज’रिवाना गरेको थियो तर महरा फ’रार भएकाले उनलाई फ’रार अ’भियुक्तको सूचीमा राखि प्रहरीचौकी बेलदारीबाट खटिएको टोलीले घरबाटै प’क्राउ गरी अदालतमा उपस्थित गराएको अदालतका उपसचिव कौशलेश्वर ज्ञवालीले बताउनुभयो ।

अदालतमा कायम रहेका मुद्दा नं १४३२ अनुसार महरा फ’रार सूचीमा रहेको देखिएकाले प्रहरीले प’क्राउ गरी अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अहिले बारा प्रहरीले पाँच रुपैयाँदेखि एक हजार रुपैयाँसम्म ज’रिवाना लागेका अ’भियुक्तलाई पक्’राउ गर्ने कार्य तीव्र पारेको छ । प्रहरीले साउनयता बारा जिल्लामा फ’रार अभियुक्तको सूचीमा रहेका १८४ जनालाई प’क्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

प’क्राउ परेकाबाट ४९ वर्ष १३८ महिना ३२३ दिन कैद सजायबापत २२ लाख सात हजार ८४४ रुपैयाँ १३ पैसा राजश्व सङ्कलन गरेको प्रहरीले जनाएको छ । प्रहरीले फ’रार अ’भियुक्तलाई धमाधम पक्’राउ गर्न थालेपछि अन्य अ’भियुक्त आफैँ अदालतमा उपस्थित हुन थालेका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।