मुख्यमन्त्री राईद्धारा श’हीद दिवसको शुभकामना

विराटनगर, माघ १६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले श’हीद दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले प्रजातन्त्र स्थापना एवं पुःनस्थापना तथा विभिन्न का’लखण्डका लागि जीवन आ’हूति दिने सम्पूर्ण ज्ञात अज्ञात श’हीदहरुको सम्झना गर्दै शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको हो ।

नेपालका सबैखाले आ’न्दोलन सफल बनाउन नेपाली वीर सपुतको ब’लिदानी रहेको छ मुख्यमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, स्वतन्त्रताको पक्षमा नि’रंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान शहीदहरुको योगदान सधै स्मरणीय रहनेछ । आफ्नो जीवन अ’र्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात महान श’हीदहरुप्रति हार्दिक श्र’द्धाञ्जली अर्पण गर्दै परिवारजनमा उच्च सम्मान अ’र्पण गर्दछु, शुभकामना सन्देशमा उल्लेख छ ।

नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन हाम्रा महान् श’हीदहरुका त्याग तथा ब’लिदानको परिणाम हुन् । श’हीदहरुको ब’लिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र श’हीदहरुप्रतिको सच्चा सम्मान र श्र’द्धाञ्जली हुने मुख्यमन्त्री राईको विश्वास छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्ध बनाउन श’हीदहरुको सपना तथा योगदान सधै प्रेरणादायी हुने मुख्यमन्त्री राईले विश्वास लिनुभएको छ । देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउँदै श’हीदहरुको सपना साकार पार्नका लागि एक भएर लाग्न मुख्यमन्त्री राईले सबैलाई आग्रह गर्नुभएको छ ।

पछिल्लो चरणमा भएको निर्वाचनपछि मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेसँगै श’हीदका सपना पूरा हुँदै गएका छन् । र, बाँकी रहेका श’हीदका अ’धुरा सपना पुरा गर्ने दिशामा हामी अगाडि बढिरहेका छौं, शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली माटोले जन्माएका श’हीदहरुप्रति पुनः भावपूर्ण श्र’द्धाञ्जली अ’र्पण गर्दै प्रदेशको विकास र समुन्नतीका लागि सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु, मुख्यमन्त्री राईले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖