नेकपा महाधिबेशन – झापामा सदस्यता नविकरणको काम ति,ब्र

प्रदिप दास, दमक । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाले यहि फागुन मसान्तभित्रमा सदस्यता नविकरण गरिसक्न आव्हान गरेको छ । नेकपा एकता महाधिबेशन आगामी २०७७ चैत्र २५ गतेदेखि ३० गतेसम्म काठमाडौमा गर्ने तय भएको छ ।

जसका लागी पार्टीको तल्लो तह वडास्तरमा सदस्यता नविकरण भईरहेको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताए । उनकाअनुसार अहिले झापाका १३१ वडामा शिविर खडा गरी सदस्यता नविकरण भईरहेको छ । सदस्यता नविकरणका लागी मासिक रु २५ रुपैयाँका दरले एकमुष्ट २ बर्षको रकम तिर्नुपर्नेछ । अहिले गाउँघरमा नै र पछि छुटेकाहरुलाई जिल्लामा नै नबिकरण गरिने अध्यक्ष पाठकले बताए । सदस्य नविकरण पश्चात जिल्लाबाट प्रदेश हुँदै केन्द्रसम्म लगिने छ । नेकपा एमाले र नेकपा माओबादीको एकता हुँदा नै कार्यनिति र कार्यदिशा एकता माधिबेशनबाट निर्धारण र्ने र त्यसबेलासम्म बहस र छलफल गर्दै जाने सहमति भएको थियो ।

तत्कालिन एकालेले माक्र्सबाद र नेकपा माओबादीमा माओबादमा आधारीत कार्यदिशा अांलेका पार्टी हुन् । एमाले पक्षधरले जनताको बहुदलिय जनबादलाई प्रधानता दिएको छ भने माओबादीले माओबादलाई प्रधानता दिएको छ । अहिले नयाँ नेतिृत्व र कार्यदिशा तय गर्ने एकता माधिबेशनको प्रारम्भिक तयारीमा नेकपा जुटेको हो ।

नेकपामा अहिले कति संङ्गठित सदस्य छन् त्यसको यकिन तथ्याङ्क छैन । संङख्या यकिन गर्ने चुनिने र चुन्ने पद्धतीअनुशरण गर्ने तयारीका लागी सदस्यता नबिकरणको काम धमाधम भईरहेको नेकपाले जनाएको छ । २०७७ भदौसम्ममा वडा तहको ,असोज कात्तिक सम्ममा क्षेत्र र जिल्ला तहको अबिधेशन र पुससम्ममा प्रदेश कमिटीको अधिबेशन गर्ने तयारीमा नेकपा लागेको छ । नेकपाले आफ्नो महाधिबेशनको तयारी स्वरुप झापामा काम तिब्र पारेको छ ।

जिल्लामा आधा सदस्यको नविकरण सकेको अध्यक्ष पाठकले बताए । झापामा नेकपामा ३३ हजार संङ्ठित सदस्य छन् । देशभर नेकपाका १२ लाख संङ्गठित सदस्य हुने आँकलन गरिएको छ । २०७५ जेठ २ गते सम्मका संङ्गठित सदस्यको मात्रै सदस्यता नबिकरण हुनेछ । नयाँ सदस्य थपिने छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖