गलत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार छैन – उपप्रधानमन्त्री पोखरेल

कैलाली । सरकारका उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले ग,लत गर्नेलाई कम्युनिस्ट पार्टीमा बस्ने अधिकार नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा उनले यस्तो बताएका हुन् । पोखरेलले कम्युनिष्ट पार्टी अनेक खालका प्रतिकूलतासँग जु,धेर यो ठाउँसम्म आएको पनि बताएका छन् । उनले कार्यक्रममा बाहिरी श,क्तिसँग मात्र नभई आफैँ भित्रका स,मस्यासँग पनि जु,धेर यहाँसम्म आएको बताएका हुन् ।

ग,लत कुरा बोकेर कम्युनिष्ट पार्टीमा रहन कसैलाई अधिकार नभएको बताउँदै पोखरेलले भने, ‘कम्युनिष्ट पार्टीको मान्छे विभिन्न ओ,हदामा बसेर यदि ग,लत कुरा गर्छ भने त्यसलाई हामी मु,र्दावाद भन्छौँ, कहिल्यै जि,न्दावाद भन्न सक्दैनौँ ।’ उनले देशभरिका जनताको चाहनालाई मू,र्त रुप दिन पार्टी ए,कता गरिएको उल्लेख गरे ।

‘राष्ट्रिय आवश्यकतालाई पूरा गर्नका लागि पार्टी एक भएको हो’, उनले भने, ‘हाम्रो एकता राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि नभई स्थायित्वका लागि हो ।’उनले एकतालाई कहीँबाट कमजोर बनाउने काम हुन्छ भने कुनै हालतमा स्वीकार गर्न नसकिने विचार व्यक्त गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।