मेघग,र्जन र हावाहु,रीसहित वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिमी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्,याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।

हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमका केही भू–भाग पूर्ण वदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा भईरहेको छ र बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा र पूर्वका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ ।

भोली देशभर आंशिकदेखि सामान्य बदली बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानका साथै पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖