गगन थापाले भने,- चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् । महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उनको भनाइ छ ।

देशान्तर रेडियोलाई बुधबार बिहान अन्तर्वार्ता दिँदै कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा पनि गरे । ‘अहिलेकै पक्ष र विपक्षमा रहेको अवस्थालाई भत्काउने गरी समीकरण बनिरहेको छ, केही दिनपछि यसको रिजल्ट आउँछ,’ उनले भने ।

उनले पार्टीमा परिवर्तनका लागि आफू सभापतिको जोखिम उठाउन पनि तयार रहेको बताए । ‘यो महाधिवेशनमा म सभापति ल,ड्न पनि सक्छु । कसैलाई सघाउन पनि सक्छु,’ थापाले भने । अघिल्लो महाधिवेशनमा महामन्त्री लड्दा आफूलाई उडाएको स्मरण गर्दै अहिले पनि सभापति लड्छु भन्दा सवैलाई त्यस्तै लाग्नु स्वाभाविक भएको पनि उनले बताए ।

आफू पार्टी सभापति भएमा पार्टीका सबै संरचना फेर्ने उनले बताए । आमचुनावमा पार्टीले हार बेहोरेमा नैतिकताका आधारमा राजीनामा दिने व्यवस्था गर्ने उनको भनाइ छ ।

‘पार्टी सभापतिको नेतृत्वमा चुनावमा जाँदा पार्टी पराजित भए स्वाभाविक रूपमा राजीनामा दिनुपर्छ, यसले नयाँ नेतृत्व आउन मद्दत गर्छ, यदि मेरो नेतृत्वमा २०७९ को आमचुनावमा पार्टी पराजित भए सभापतिबाट म राजीनामा दिन्छु, यसले अर्को सक्षम नेतृत्व आउन सहयोग पुग्छ,’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖