प्रदेश १ मा मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालन, अब विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने

विराटनगर । प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । आज एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गर्नुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो ।

ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताउनुभयो । डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ । ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार्यक्रमहरुको नियमित रुपमा अनुगमन, मूल्यांकन तथा सहजीकरण गर्न सहज हुने र आवश्यकता अनुसार नियन्त्रण गर्न सकिने मुख्यमन्त्री राईले बताउनुभयो ।

सिएम ड्यासबोर्ड मार्फत प्रदेशका नागरिकहरुको जिज्ञासा, गुनासा तथा सुझावहरु ग्रहण गरी सम्बोधन गर्ने प्रदेश सरकारको योजना रहेको छ । त्यसै अनुरुप ड्यासबोर्ड सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । ड्यासबोर्डमा प्राप्त हुने सूचनाहरुका आधारमा मुख्यमन्त्री कार्यालयले अन्य मन्त्रालय, निर्देशनालय, आयोजनाहरुबाट सञ्चान भईरहेका कार्यक्रमहरुको भौतिक तथा वित्तिय प्रगतिको समिक्षा गरी तत्कालै आवश्यक निर्देशन, सुझाव र समन्वय गर्न सघाउ पुग्नेछ ।

यो ड्यासबोर्डबाट दैनिक भइरहेका प्रगतिको अनुगमन तथा मूल्यांकन हुने र त्यही आधारमा आवश्यक सहयोग र निर्देशन हुनेछ । जसका कारण सञ्चालित सबै योजना कार्यक्रमहरुको उच्चस्तरको प्रगति हुने र सेवा विस्तारमा सहयोग पुग्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । ड्यासबोर्डमा प्राप्त हुने सूचनाका आधारमा प्रदेश सरकारका योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन हुनुका साथै योजनाहरुमा आई परेका समस्याको समाधान गर्न सहयोग पुग्नेछ ।

यसबाट स्थानीय तह र संघीय सरकारबाट समेत सञ्चालन हुने कार्यक्रमहरुको दोहोरोपन मद्धत पुग्ने अपेक्षा गरिएको छ । ड्यासबोर्डबाट प्रदेश र स्थानीय तहका कार्यक्रमहरुको समन्वय समेत हुनेछ । प्रदेश अन्तर्गत सञ्चालित सबै खालका कार्यक्रमहरुको प्रगति समिक्षा गर्न र आवश्यक समन्वय गर्न ड्यासबोर्ड महत्वपूर्ण हुने प्रमुख सचिव दिनेश भट्टराईले बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।