समाजलाई बिभाजन ल्याउने शब्द र बिषय प्रस्तुत नगर्न आग्रह
धनकुटा खबर । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले समाजलाई एक आपसमा बिभाजन ल्याउने शब्द र बिषय प्रस्तुत नगर्न सन्चार माध्यमहरुलाई आग्रह गरेको छ ।
गोरु का,टेको निहुँमा बुधबार झापाको झापा गाउँपालिका–३ का ३८ वर्षीय रफिकुल आलमको प्रहरीको गो,लि लागि मृ,त्यु भएको बिषयमा विभिन्न सन्चार माध्यमहरुले साम्प्रदायिक भड्काबलाई सहयोग पुग्ने शब्द प्रयोग भएको भन्दै फोनिज १ नम्बर प्रदेश समितिले सञ्चार माध्यमलाई संवदनशिल भई समाचार प्रकाशन प्रसारण गर्न आग्रह गरेको हो ।
फोनिज १ नम्बर प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईको अध्यक्षतामा भएको सचिवालयको भर्चुअल बैठकमा सो बिषय माथि छलफल गरि निर्णय भएको महासचिव बिदुर खबासले बताउनुभयो । झापामा मुस्लिम समुदायले गोरु काटेको बिषयमा केहि रेडियो, छापा तथा अनलाइन र शोसल मिडियामा एकातर्फलाई उक्साउने ढंगले गौ ह,त्या गरेको, गाई नै का,टेको जस्ता शब्द तथा बिषय प्रस्तुत भएको भन्दै त्यसो नगर्न सम्बन्धित सबैलाई फोनिजले आग्रह गरेको हो ।
कुनै समुदायलाई उक्साउने, भ,ड्काउने र हो,च्याउने शब्द प्रयोग गर्नु पत्रकारिताको आचार संहिता बिपरित भएकोले यस्तो बिषय नियन्त्रण गर्न सरकार लाग्नुपर्ने फोनिजको आग्रह छ । यस्ता बिषयमा समयमै संयमता नअपनाइए सामाजमा द्व,न्द्व बढ्ने फोनिजको ठहर छ । सचेत सन्चारकर्मी र मिडिया हाउसहरुले समुदायको धार्मिक, सास्कृतिक समास्याहुँदै आएको कानुन संशोधन गर्नतर्फ लाग्नुपर्ने फोनिजको धारणा रहेको छ ।
बैठकले साउन २७ गते २१ औं स्थापना दिवसमा भएको अन्तरकृया कार्यक्रमको समीक्षा, फोनिजको १४ जिल्लालाई कोरोना भाइरस बिरुद्द राहत रकम पु¥याउने र भावी योजनाको बारे छलफल भएको उपाध्यक्ष भुमिका फियाक लिम्बुले बताउनुभयो ।


