सम्पत्तिको लोभमा परी दुई भारतीयले बनाए नेपाली नागरिकता !

कपिलवस्तु । दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस हाल महाराजगञ्ज नगरपालिका– १ बाट नेपाली नागरिकता लिएका हुन् ।

बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । उनले महाराजगञ्ज– १ औरहवाका गोबरे अहिरलाई आफ्नो बाबु बनाई वंशजको नागरिकता लिएको रहस्य खुलेको छ ।

बालजीको भारतीय पिताको नाम भिखी यादव रहेको छ । भारतको मतदाता सूचीमा सो दम्पतीको नाम रहेको जनाइएको छ । उनकी श्रीमतीको नाम भने दुवैतिर एउटै छ ।

कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले कुनै पनि भारतीयले नेपाली नागरिकता लिनु गलत भएको बताउँदै प्रमाण फेला प¥यो भने तत्काल खारेज हुने स्पष्ट गर्नुभयो ।

नागरिकता प्रमाणपत्र वितरण कार्य सञ्चालन निर्देशिका, २०७० अनुसार नागरिता ऐनको दफा २१ को उपदफा (१) बमोजिम झुटो विवरण दिई विदेशीले नागरिकता लिएमा एकदेखि पाँच वर्षसम्म कैद वा रु पचास हजारदेखि रु एक लाखसम्म जरिवाना वा दुवै सजाय व्यवस्था छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।