राष्ट्रपति भण्डारीबाट ‘मैले बुझेको गान्धी’ को लोकार्पण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका अवसरमा आज ‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा पुस्तकको लोकार्पण गर्नुभएको हो । दूतावासले विपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा प्रकाशन गरेको पुस्तकले गान्धीका बारेमा पहिलो पटक नेपाली दृष्टिकोणलाई सङ्कलन गरेको छ ।

गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वको विचारलाई पुस्तकमा समावेश गरिएको छ । प्रकाशनले नेपालका युवालाई महात्मा गान्धीबारे अझ नजिकबाट बुझ्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।