पार्टीको संकट निवारण गर्न हामी असफल भयौं, सबैले राजीनामा दिउँः महासचिव पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव ल्याएका छन् । बुधबार बसेको सचिवालय बैठकमा सबै सदस्यहरु पार्टीको संकट निवारणमा असफल भएको भन्दै सामूहिक राजीनामा दिन आग्रह गरेका हुन् ।

उनले अहिलेका सचिवालय सदस्यहरु पार्टीको विवाद हल गर्न असक्षम रहेकाले दोस्रो पुस्ताका नेतालाई अवसर दिनुपर्ने बताएका छन् ।
‘पार्टीको विवाद हल गर्न नसक्ने भए हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं । स्थायी समिति बैठकमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ उनले भने ।

सचिवलायको बैठक मंसिर १३ गते बस्नेगरी स्थगित भएको छ । त्यस्तै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । १३ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव ल्याउने छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।