सत्ता पक्षकै साथीहरु आ क्रमक भएको कारण संसद विघटन गर्नु पर्यो : प्रधानमन्त्री ओली
काठमाण्डौ । सत्ता पक्षकै साथीहरु आ क्रमक भएको कारण संसद विघटन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले वताउनु भएको छ ।
आज राष्ट्रको नाममा सम्वोधन गर्दै उहाँले प्रतिपक्षी भन्दा सत्ता पक्षकै साथिहरु आक्रमक भएपछि संसद विघटन गर्नुपरेको वताउनुभएको हो । प्रधानमन्त्री ओलीले यो विघटन जनताको ताजा जनादेशका लागि भएको उल्लेख गर्नुभयो ।
नेकपाका दुईजना अध्यक्ष मध्ये एक जनाले सरकार र अर्कोको पार्टी सञ्चालनको जिम्मेवारी भएपनि त्यसो नगरी अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सत्ता परिर्वतनको खेलमा लागेको ओलीले आरोप लगाउनुभयो । तर यस्तो परिस्थितीमा पनि सरकारले ठकि ढंगले काम गरी जनताका गुनासोहरु सम्वोधन गर्दै सरकारले उल्लेख्य उपलव्धि हाँसिल गरेको उहाँको भनाई छ ।
पार्टीमा देखिएको समस्या समाधानका लागि आफुले धेरै प्रयास गरेपनि अर्को पक्षले महाअभियोको तयारी गरेपछि प्रतिनीधिसभा विघटन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले अबको निर्वाचनका लागि जनता समक्ष एजेण्डा पुर्याउन सर्व दलहरुलाई आग्रह पनि गर्नुभयो ।


