नगदसहित नौ जना जुवाडे पक्राउ

दमक, जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ । गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद रु ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।

यसरी पक्राउ पर्नेमा गौरादह– २ का ३२ वर्षीय निर्मल थापा, सोही वडाका ३५ वर्षीय अङ्कित कार्की, गौरादह ३ का ३८ वर्षीय सुरेश भण्डारी, सोही वडाका ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह– ४ का ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका–३ बस्ने वर्ष ४० का रामप्रसाद खतिवडा, सोही ठाउँ बस्ने वर्ष ४२ को ईश्वर खतिवडा, ४६ वर्षीय बिष्णुप्रसाद उप्रेती र दमक नगरपालिका–७ का ३८ वर्षीय नीरबहादुर सुनुवार रहेका छन् । उनीहरुको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖