दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान

रसुवा , दुर्लभ रातो हाब्रे (रेडपाण्डा ) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त कारागार चलान भएका छन् । कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रातो हाब्रे (रेडपाण्डा) चोरी शिकारी गरेको अभियोगमा जिल्ला अदालतबाट विसं २०७५ सालमै दोषी प्रमाणित भएका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले लामो प्रयास गरेको थियो । तातोपानी नजिकै गाईबस्तुको गोठमा लुकिछिपी बसेको अवस्थामा थाम्बुचेत प्रहरीले नियन्त्रयमा लिई कारागार चलान गरेको बताइएको छ । जिल्ला अदालतको फैसला बमोजिम पक्राउ परेका तामाङले एक वर्ष कैद भुक्तान गर्नुपर्ने बताइएको छ ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी प्रमाणित भई फरार सूचीमा रहेका व्यक्तिको खोजीकार्यलाई तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖