भुम्लुमा एक हप्ता सेवा बन्द, चौँरीदेउरालीमा अनिश्चितकालीन निषेधाज्ञा

बनेपा, २६ वैशाख । दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको प्रभावका कारण जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिकाले आजदेखि एक हप्ताका लागि सेवा बन्द गरेको छ । चौँरीदेउराली गाउँपालिकाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । भुम्लु गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको हो भने चौँरीदेउरालीले गाउँपालिका क्षेत्रभित्रका सबै वडामा कोरोना सङ्क्रमित भेटिएकाले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्यनजर गरी कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको हो ।

भुम्लुले शनिबार सूचना जारी गर्दै कार्यालयमा कार्यरत एक कर्मचारी तथा एक स्वास्थ्यकर्मीमा शुक्रबार गरिएको परीक्षणमा सङ्क्रमण देखिएकाले निसङ्क्रमण र कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि आजदेखि जेठ १ गतेसम्म एक हप्ताका लागि कार्यालयबाट उपलब्ध गराउने अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताउनुभयो । पालिकामा शनिबारसम्ममा १३ सङ्क्रमित पुष्टि भइसकेको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । तीमध्ये एक अस्पतालको आइसोलेशनमा, १० घरमै र अर्का दुई जनाको जिल्लाबाहिर होम आइसोलेसनमा उपचार भइरहेको जनाइएको छ ।

त्यस्तै चौँरीदेउराली गाउँपालिकाले कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि निषेधाज्ञा जारी गरेको अध्यक्ष दीननाथ गौतमले बताउनुभयो । शनिबार बसेको कार्यपालिका, सुरक्षा निकाय र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको संयुक्त बैठकले गाउँपालिका क्षेत्रभित्रका सबै वडामा कोरोना सङ्क्रमित भेटिएकाले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्यनजर गरी कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको उहाँले बताउनुभयो । निषेधाज्ञा जारीसँगै अब गाउँपालिकाभित्र रहेका औषधि र भेटेरिनरीबाहेक सबैखाले पसल र होटल बन्द गरी बजार पूर्णरूपमा बन्द गर्ने भएको छ ।

त्यसैगरी खाद्यान्न पसलको हकमा प्रत्येक दिन दिउँसो ४ देखि ६ बजेसम्म सामाजिक दूरी कायम गरी, सुरक्षा मापदण्ड अपनाई सेवा प्रवाह गर्ने, जमघट हुने खालका सामाजिक कार्य (विवाह, व्रतबन्ध, भोजभतेर, पार्टीका भेला, सामूहिक खेल)लगायतका सबै कार्य बन्द गर्ने, काठमाडौँलगायत बाहिरबाट आउने सबैले अनिवार्यरूपमा होम आइसोलेशनमा बस्ने र स्वास्थ्य सेवा, सुरक्षा निकाय र सरकारी सवारी साधन र खाद्यान्न ढुवानीबाहेकका अन्य सवारी साधनलाई सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।

यसैबीच गाउँपालिकाले तीन स्थानमा अक्सिजनसहितको आइसोलेशन कक्ष तयार गरिसकेको छ । वडा नं ५ मा रहेको धुसिने शिवालय प्राथमिक अस्पतालमा १० शय्या तयार गरेसँगै सो केन्द्रमा एक जनाको उपचार भइरहेको गाउँपालिकाले जनाएको छ । बाँकी दुई ठाउँमा आजसम्ममा वडा नं २ मा रहेको डिसिडब्लुसी सामुदायिक अस्पताल र वडा नं ३ मा रहेको धुलिखेल अस्पतालबाट सञ्चालित सलम्बु स्वास्थ्य केन्द्रमा आइसोलेशन कक्ष तयार हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर घिसिङले बताउनुभयो । जिल्लामा शनिबार मात्रै १३५ मा सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्ममा एक हजार ७४ सक्रिय सङ्क्रमित रहेको र २४ उपचारपश्चात निको भई घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।