सामुदायिक स्वास्थ्य एकाइमा शुद्ध पानीको अभाव

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–१ मा रहेको कुम्लिक सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ ।

स्वास्थ्य एकाइ सञ्चालन भएको ७ वर्षभन्दा बढी भइसक्दा पनि खानेपानीको व्यवस्था नहुँदा शुद्ध पिउने पानीबाट कर्मचारी र सेवाग्राही वञ्चित हुनुपरेको छ ।

दैनिकजसो उपचार गर्न आउने बिरामीका लागि र सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीका लागि खानेपानी नभएपछि शुद्ध खानेपानीबाट वञ्चित हुनुपरेको सोही संस्थाका अनमी उषा भण्डारीले गुनासो गरिन् ।

उनले भनिन्, ‘दैनिक आएका बिरामीको घाउ सफा गर्न तथा अन्य कामका लागि पानी चाहिन्छ तर खोलाको पानी ल्याएर प्रयोग गर्नुपरेको छ ।’

कर्मचारीलाई शुद्ध खानेपानी नभएपछि हाल दोजामखोलाबाट आउने धमिलो पानी पिउनुका साथै प्रयोग गर्नुपरेको बताइन् ।

‘स्वास्थ्य संस्थामा पानी ल्याएको भए यतिखेर खोलाको धमिलो पानी खानु पर्दैनथ्यो,’ अनमी भण्डारीले भनिन् । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीलाई समेत खानेपानीको व्यवस्था हुन सकेको छैन ।

स्वास्थ्य संस्थाका लागि पटक–पटक पानीको व्यवस्थाका लागि सिमकोट गाउँपालिका र प्रदेश सरकारलाई अनुरोध गर्दा समेत सुनुवाइ नभएको बताइएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।