हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान

हेलम्बु । द बर्गर हाउस एन्ड क्रान्ची फ्राइद्वारा शनिबार हेलम्बुमा पहिरोबाट घरबारविहीन परिवारलाई राहत प्रदान गरेको छ । बाढीले घरबार विहीन भएका परिवारलाई रासनपानीको अभाव भएकालाई खाद्य सामग्री प्रदान गरेका हुन् ।

हेलम्बु जाने बाटो पहिरोले बगाएपछि त्यहाँ बाढीले क्षतिग्रस्त स्थानका परिवारहरू केही दिनदेखि राहत नपुगेको खबर पाएपछि राहत सामग्रीसहित गएको बर्गर हाउसका संस्थापक वसन्त लामाले जानकारी दिए ।
संस्थापक लामाले दिएको जानकारी अनुसार १ सय बोरा चामल‚ तेल‚ चाउचाउ‚ साबुन‚ त्रिपाल‚ जिरा स्पाइस‚ चिल्ली स्पाइस‚ टरमिक स्पाइस लगायतका सामग्री प्रदान गरेका हुन् ।

लामाका अनुसार करिब बर्गर हाउसबाट २ लाख २४ हजार ६०८ र सर्लाहीका अभियन्ता सन्जीव मोक्तानबाट २ लाख ७१ हजार ६९० गरी ५ लाख ३४ हजार ३०८ रुपैयाँ बराबरको सामग्री प्रदान गरेको जानकारी दिए ।
यसअघि बर्गर हाउसले करिब १२ लाखको राहत मेलम्चीका बाढी पीडितलाई प्रदान गरेका थिए ।

हाउसका संस्थापक वसन्त लामले भने,‘यो पीडा थाहा पाउने बित्तिकै राहतका लागि हामी तयार भयौँ, अहिले उनीहरूलाई अभाव रहेको रासनपानी व्यवस्था गरेका छौँ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।