धनकुटाबाट हराएको चोरीको मोटरसाइकल सहित पक्राउ
धनकुटा । धनकुटा नगरपालिका वडा नं. ६ पात्लेबाट गत जेठ ८ गते रातको समयमा सोही स्थानमा वस्ने सुजन सुवेदीको मोटरसाइकल हराएको थियो ।

आफ्नो घर आगनमा राखेको ठाउबाट हराएको को ३२ प ३३२० नम्बरको FZ-S कम्पनीको मोटरसाइकल खोजतलास गर्दै जाने क्रममा एक ब्यक्ति उक्त हराएको मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उक्त ब्यक्तिलाई संखुवासभा जिल्लाको पाचखपन नगरपालिका वडा नम्बर ६ सकुवा स्थितवाट पक्राउ गरिएको जनाइएको छ ।
बर्ष २१ को किरण गदाललाई चोरी भएको मोटरसाइकल सहित पक्राउ गरी धनकुटा जिल्ला अदालतवाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिप्रका धनकुटाले जनाएको छ ।


