शिक्षकको तलबदेखि मुख्यमन्त्री रोजगारको भुक्तानीमा समस्या

जाजरकोट, ३ साउन । डोल्पोबुद्ध गाउँपालिकाले डोल्पाका शिक्षक र मुख्यमन्त्री रोजगारको रकम भुक्तानी दिन नसक्दा समस्या भएको छ । मुख्यमन्त्री रोजगारको काम भएको रकम र शिक्षकको चौमासिक तलब भुक्तानी गर्न नसक्दा समस्या भएको हो ।

सदरमुकाम दुनैमा सम्पर्क कार्यालय र डोल्पोबुद्धको धोमा अर्को कार्यालय हुँदा समयको अभावमा रकम भुक्तानी गर्न समय नपुगेको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिनुभयो । उपल्लो डोल्पाको धोमा गएर स्थानीयवासीसँग सम्झौता तथा अनुगमन गर्न जाँदा स्थानीयवासी जङ्गलको जडीबुटी सङ्कलनका लागि गएका कारण आउन ढिला भएको उहाँको भनाइ छ । शिक्षकहरुको तलब गाउँपालिकाको खातामा आएका कारण भुक्तानी दिन सकिन्छ कि भन्नेमा आफू रहेको पंज्ञानीले बताउनुभयो । यहाँका तीनवटा सामुदायिक विद्यालयमा २६ र सङ्घसंस्थाबाट १० शिक्षक गरी ३६ जना कार्यरत छन् ।

सर्वसाधारण तथा उपभोक्ता धोस्थित कार्यालयमा आउन ढिलाइ गरेका कारण आफूहरु दुनै आउन समस्या भएको हुँदा सबै भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । गाउँपालिकाभरिका शिक्षकको तलबसमेत भुक्तानी दिन समय अभावले गर्दा नसकिएको उहाँले बताउनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम फिर्ता गर्न आइतबार प्रदेश कार्यालयमा पत्र लेख्ने र आफैँ पनि जाने योजना रहेको उहाँले जानकारी दिनुभयो । यता गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङले कर्मचारीले काम नगर्दा पैसा फिर्ता गएको बताउनुभयो ।

मुख्यमन्त्री रोजगारको पैसा जनताले काम गरे पनि एक रुपैयाँ भुक्तानी दिन नसकेको उहाँको भनाइ छ । असार ३१ सम्म प्रणालीले काम गर्ला भन्ने भए पनि ३१ गते नचल्दा धेरै रकम फ्रिज भएको उहाँको भनाइ छ । समयमा काम नगर्ने कर्मचारीतन्त्रका कारण जनताले दुःख पाएको उहाँको भनाइ छ । त्यस्तै मुड्केचुला गाउँपालिकामा पनि जनताले काम गरेको रकमसमेत भुक्तानी दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले बताउनुभयो । समयाभावका कारण भुक्तानी दिन नसकिएको उहाँको भनाइ छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।